ताजा समाचार:
Search

म्याग्दी उद्योग वाणिज्य संघद्धारा प्रवासी म्याग्देलीलाई सम्मान

IMG_1858
हरिकृष्ण गौतम,विकल्प \
म्याग्दी उद्योग वाणिज्य संघले शुक्रबार म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका पदाधिकारी एवम् सदस्यलाई सम्मान गरेको छ । गत कात्तिक २ र ३ गते बेनीमा सम्पन्न भएको सम्मेलनबाट निर्वाचित मध्ये बेनीमा उपस्थित रहेकालाई सम्मान गरिएको हो । मोना आईसीका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री, कोषाध्यक्ष चक्र थापा, सचिव तुल्म राम्जाली, क्षत्रीय उपाध्यक्षमा बालकृष्ण खत्री, उपाध्यक्ष राजेन्द्र कार्की, क्षत्रीय सचिव रेशम शाही, कार्यकारी सदस्य एवम् म्याग्दी सेवा समाज कतारका अध्यक्ष गणेश जुग्जाली, महासचिव तिलु शर्मालाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगेन्द्र बहादुर क्षत्रीले प्रवासी म्याग्देलीहरू जिल्लामा हुने हरेक कार्यक्रममा सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले मोना सम्मेलनमा जिल्लास्तरबाट भएको आर्थिक, प्राविधिक तथा ब्यवस्थापन लगाएत विभिन्न क्षेत्रको सहयोगबाट उत्साहित भएको बताउँदै आगामी दिनमा समेत निरन्तर सहकार्य गरेर अगाडी बढ्ने बताए । ‘सबै मिलेर एजेण्डा बनाउनुपर्छ, घोषणापत्र बाटै धेरै काम गरेर अगाडी बढ्ने सोच बनाएका छौ’ क्षत्रीले भने । उनले सुचना, प्रविधि, जलविद्युत, कृषि, पर्यटन, शिक्षा लगाएतका क्षेत्रमा भइरहेको प्रयासलाई राजनीतिक दल तथा निजी क्षेत्रबाट समेत सहयोगको प्रतिबद्धता आएको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले प्रवासबाट जिल्लामा धेरै सहयोग भित्रिएकाले त्यसलाई निरन्तरता दिन अनुरोध गरे । उनले उत्पादनशिल क्षेत्रमा लगानी भित्राउने गरी भइरहेका योजनामा निजी क्षेत्रबाट समेत सहयोग हुने बताए । कार्यक्रममा पूर्व अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ, कुविर कुमार श्रेष्ठले मन्तब्य राखेका थिए । स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन महासचिव राजेश शाक्य, स्वागत संघका अध्यक्ष जीबन कुमार विश्वकर्मा र धन्यवाद सहित समापन बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले गरेका थिए । संघले मोनालाई फर्निचर तथा कोठा समेत उपलब्ध गराएको छ । यहि कार्तिक २ र ३ गते विश्व सम्मेलनबाट नयाँ कार्य समिति चयन भएको थियो ।