मोना बेलायतको अध्यक्षमा कमल पुर्जा

सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १० गते ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतको अध्यक्षमा कमलबहादुर पुर्जा निर्वीरोध चयन हुनुभएको छ ।

पाँचौ अधिवेशन मार्फत चयन हुने आगामी कार्यसमितिका लागि शनिबार सम्मको उमेदवारी दर्ता गर्ने समयसिमा तोकिएकोमा अध्यक्ष पदमा म्याग्दी दानाका पुर्जाको मात्रै उमेद्वारी परेपछि उहाँ निर्वीरोध हुनुभएको हो ।

Kamal Purja photo

तोकिएको समयमा पुर्जाको मात्र उमेद्वारी परेकाले यही जनवरी ३० मा लण्डनको अल्डरसटमा हुन लागेको अधिवेशन मार्फत उहाँले आगामी तिन वर्षका लागि मोना बेलायतको अध्यक्ष पद सम्हाल्नुहुने निर्वाचन समितिका सचिव योगकुमार फगामीले जानकारी दिनुभयो ।

बेलायती गोर्खा सैनीकमा रहदा दुर्घटनामा परि अपाङ्ग बन्नुभएका पुर्जा सेवा निवृत भएपछि बेलायतमा मद्दत समूह र फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युके खोलेर परोपकारी कार्यमा सक्रिय हुनुहुन्छ ।

मोना युकेका पूर्व अध्यक्ष समेत रहेका फगामीका अनुसार दुई उपाध्यक्षका लागि दलबहादुर जुक्जाली, खिम शेरचन र किसन जिसीको उमेद्वारी परेको छ भने महिला उपाध्यक्षमा लीला पुन निर्वीरोध हुनुभएको छ ।

यसैगरी सचिव पदमा कुमार फगामी र प्रवेश केसीको उमेद्वारी परेको छ भने सहसचिवमा लालबहादुर पुन, कोषाध्यक्षमा होम रोका र सहकोषाध्यक्षमा पदमबहादुर गर्बुजा निर्वीरोध हुनुभएको छ । कार्यसमितिका ९ जना सदस्यका लागि ११ जनाको उमेद्वारी परेको छ ।

बिलबहादुर पुर्जा, नुनु थापा, सामबहादुर गुरुङ, बागबिर चोचाङ्गी पुन, बिरबहादुर छन्त्याल, चित्र बुरा, धन रोका, भक्त रोका, राजेन्द्र पाईजा, तुलचन्द्र तिलीजा र रमेश शाहीको सदस्यमा उमेद्वारी परेको छ ।