‘शुभ लभ’ ट्रेलरमा हरिहर र कृस्टिनको प्रेम, विछोड र युद्ध

विकल्प न्यूज/काठमाण्डौं
फागुन १३ गते ।  चैत्रको १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’को ट्रेलर आज रिलिज भएको छ । चलचित्रको ट्रेलरमा ज्योतिष हरिहर अधिकारी र नव–नायिका कृस्टिन पौडेलको प्रेम, वियोग र युद्धको कथालाई देखाइएको छ । बास्तविक जीवनमा समेत ज्योतिषको काम गर्दै आएका हरिहर यो चलचित्रमा पनि सोही भूमिकामा छन् । तर, यसमा उनले एक यूवतीलाई प्रेम गरेका छन्, जसका लागि उनी मर्न र मार्न समेत तयार भएको देखिएको छ । https://www.youtube.com/watch?v=VGf0Rw0vDsA

प्रदिपकुमार उदयको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला, सूर्या थापा लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अभिमन्यू निरबीको पटकथा तथा संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।onlinekhabar