पुरुष भलिबलको उपाधी म्याग्दी उद्दार समितिलाई

विकल्प न्यूज/बहराइन
पुस ३ गते । बहराइन नेपाली एकता समाजले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी म्याग्दी उद्दार समितिले जितेको छ । १७ डिसेम्बरमा आयोजना गरेको पुरुष भलिबलको उपाधी जित्न सफल भएको हो । एकता समाजको खेलकुद विभागद्वारा बहराइनमा बसोबास गर्ने नेपाली युवाहरुलाई सचेत र संगठित गर्न खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।

नेपाली युवाहरूलाई सचेत र सगठित गरौ युवाहरूमा भएको कला,क्षमताको विकास गरौ भन्ने मुल नाराका साथ अस्करको खेल मैदानमा बहराइनको स्वतन्त्र दिवसको अबसरमा आयोजित भलिबल प्रतियोगितामा नेपाली दाजुभाई,दिदिबहिनीको बाख्लो उपस्थित र अत्यन्तै रोचकताका साथ खेल सम्पन्न भएको थियो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

फाईनल खेलमा म्याग्दी उद्दार समिति बहराइनले लङ्गाली बि लाई २–० को रोमाञ्चक जित हात पारेको थियो । आस्कर मानमा स्थित भएको खेलमा  म्याग्दिले पहिलो र दोश्रो सेट २५–१७ र २५–१९ले जितेर २–० को अग्रता लिएको थियो । बिजेता टिमले खसी प्रमाण पत्र र मेडल र कप उपबिजेताले लाई खसी प्रमाणपत्र,मेडल र कप र सर्वोकृष्ट खेलाडि बिजेता टिमका जितु बुढामगरलाई कप सहित आकर्षक ट्रफिले सम्मान गरिएको थियो ।