घोडेपानीमा सुबिधा सम्पन्न होटल

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २९ गते ।
म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा करोडौ लगानीमा सुबिधा सम्पन्न होटल स्थापना हुन थालेको छ ।

आन्तरीक तथा बाह्य पर्यटक आगमन बढेपछि घोडेपानीका ब्यवसायीले होटलमा सुबिधा, क्षमत्ता र लगानी थपेका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको मुख्य गन्तब्य स्थलको रुपमा विकास हुदै गएको घोडेपानीका होटलमा सहरी क्षेत्रका होटल सरहको सुबिधा उपलब्ध हुन थालेको छ ।

IMG_3301

सुरुवाती चरणमा चिया पसलबाट ब्यवसाय सुरु गरेका घोडेपानीका बासिन्दाले अहिले पक्कि र सुबिधा सम्पन्न भवन बनाएर सुबिधा दिन थालेका छन् । पर्यटकको माग, उनिहरुको चाहना र सुबिधालाई ध्यानमा राखेर नयाँ संरचना तथा लगानी बढाइएको घोडेपानीका होटल ब्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

IMG_3305

सन्नि होटलका सञ्चालक पुनले गत वर्ष थप दुई करोड लगानीमा होटलको क्षमत्तालाई ५० जनाबाट एक सय जनाको बनाउनुभएको छ । ढुंगाको पर्खाल, पलाईले बारेको कोठा र टिनले छाएको होटलका भवनहरु अहिले धमाधम ढलान सहितको पक्कि बन्दैछन् । असोज–कात्तिकको यामदेखि खुलेको होटल पिस एण्ड एक्सीलेन्ट भ्यूका सञ्चालन राम पुनले पर्यटक आगमन बढेको र उनिहरुको चाहना अनुसारको सुबिधा दिन नयाँ संरचना सहितको पुर्वाधार तयार गरेको बताउनुभयो ।

वि.स २०५८ सालमा आगोलागी भएर ध्वस्त उक्त होटल पुननिर्माण गर्न दुई करोड ५० लाख रुपैया लगानी भएको सञ्चालक पुनले बताउनुभयो । सडक सुबिधा नभएकाले ढुवानीको समस्याले गर्दा भवन निर्माणमा बढी लागत पर्न गएको हो । ४४ घरधुरीको बसोबास रहेको घोडेपानीको प्रमुख आयस्रोत होटल ब्यवसाय हो ।

IMG_3438

घोडेपानी होटल ब्यवस्थापन समितिका अनुसार हाल २३ वटा सुबिधा सम्पन्न होटल सञ्चालनमा रहेका छन् । करिब बिस वटा चिया पसल छन् । घोडेपानीका होटलमा ५० करोड रुपैयाको हाराहारीमा लगानी भएको समितिका अध्यक्ष जुनबहादुर पुनले बताउनुभयो । अहिले पुराना तिन वटा होटलले पक्कि भवन निर्माण गरीरहेका छन् ।

त्यहाँका होटलमा एक रातमा तिन सय जना पर्यटक बास बस्न सक्ने क्षमत्ता थियो । अहिले पाँच सय जना बस्न सक्ने भएको छ । बास नपाउने, भुईमा सुत्नुपर्ने समस्या हटेको छ । कोठाबाटै हिमालको दृष्य अवलोकन गर्न सकिने घोडेपानीका होटलमा एट्याच बाथरुम, तातोपानीले स्नान गर्न पाउने, वाईफाई ईन्टरनेट, मोवाईल, प्रधोधित खानेपानीको सुबिधा छ ।

IMG_3444
समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित घोडेपानी हिमाल, सुर्योदय, लालीगुराँसको जंगल अवलोकन, मगर संस्कृती र प्राकृतिक सौन्दर्यताको अवलोकनका लागि आकर्षक गन्तब्य हो । कास्कीको नयाँपुल, घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी हुदै घोडेपानीमा वार्षिक ३० हजार जनाको हाराहारीमा बिदेशी पर्यटक भ्रमणमा आउछन ।
आन्तरीक पर्यटकको आगमन पनि बढेको छ । अन्नपूर्ण चक्रिय पदमार्ग र धवलागिरि–अन्नपूर्ण पर्यावरणीय पदमार्ग हुँदै पर्यटक घोडेपानी–पुनहिल पुग्ने गरेका छन् ।