बेनीको बालगृहलाई स्पेनबाट रु १० हजार सहयोग

विकल्प न्यूज /बेनी
पुस २९ गते । रोजगारीको शिलशिलामा स्पेन पुग्नुभएका बेनी नगरपालिका ९ घतान निवासी खिमविर मिजारले बेनीमा रहेको बालगृहमा वस्ने अनाथ बालबालिकाहरुका लागि १० हजार रुपियाँ सहयोग गर्नुभएको छ ।

DSC08059
मिजारको बहिनी लक्ष्मी मिजार र छिमेकी हिरा श्रेष्ठले बुधबार बालसंगठनका कोषाध्यक्ष टंक हमाललाई सो रकम हस्तान्तरण गर्नुभएको हो । ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यको संयोजनमा स्पेनमा रहेका मिजारले सहयोग रकम पठाउनुभएको हो ।
सहयोग रकम वुझ्दै कोषाध्यक्ष हमालले सवैको सहयोगबाटनै अनाथ बालबालिकाहरुको पालनपोषणमा सहयोग पुगेको बताउनुभयो । अहिले १० जना अनाथ बालबालिकाहरु बालगृहमा वस्दै आएका छन् । नेपाल बालसंगठन म्याग्दीले २०५८ साल देखि विभिन्न चन्दा,सहयोग संकलन गरी बालगृह सञ्चालन गर्दै आएको छ ।