ताजा समाचार:
Search

म्याग्दीको प्रचारका लागि गीत र म्युजिक भिडियो

विकल्प न्यूज/बेनी
असोज ३० गते । Myagdi Ko Bayan (1)म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतिलाई समेटेर गीत र म्युजिक भिडियो बनाइएको छ । लोक दोहोरीगीत म्याग्दीको बयानको म्युिजक भिडियो सार्वजनिक भएको छ ।

धौलागिरी गाउँपालिका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजिक भिडियो बनाउनुभयो । झलक बिरही र कृष्ण परियारको म्याग्दीको बयान बोलको गीतको म्युिजक भिडियो म्याग्दीको ताकम, दरवाङ, बेनी, सिंगा तातोपानी कुण्डा, गलेश्वर लगायतका ठाउँमा पुगेर छायांकन गरिएको थियो ।

म्युजिक भिडियोमा घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, भुरुङ तातोपानी, रुप्से, अन्धगल्छी, टोड्के, रुईसे लगायत पर्यटकीय स्थल तथा गाउँहरुको दृष्य पनि राखिएको छ । म्युजिक भिडियोमा केसी र दिपासा बिसीले अभिनय गरेका छन् ।

११ मिनेट लामो गीतको म्युजिक भिडियोको राजु केसी र कृष्णराज पौडेलले छायांकन गर्नुभएको थियो । गीत र म्युजिक भिडीयो मार्फत म्याग्दीलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सहयोग पुराउने मुख्य उद्देश्य रहेको छ ।