घोडेपानीलाई पुर्ण सरसफाईयुक्त घोषणा (फोटोफिचर)

सन्तोष गौतम /विकल्प
घोडेपानी(म्याग्दी)पुस २४ गते ।
म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय बस्ती घोडेपानीलाई पूर्ण सरसफाई युक्त घोषणा गरिएको छ ।

घोडेपानीमा बसोबास गर्ने ४३ घरपरिवारले सरसफाईका आधारभुत सूचकहरु पालना गरेकाले बिहीबार एक समारोहको आयोजना गरि पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो ।

SG_Myagdi Cleen Ward Ghosona (2)

घोडेपानी बासीले शौचालय र शुद्ध खानेपानीको प्रयोग, साबुनपानीले हात धुने, फोहोरको व्यवस्थापन, वातावरणीय र घरभित्रको सरसफाई कायम राखेकाले सरसफाईयुक्त घोषणा गरिएको वडा नागरीक मञ्चका संयोजक जुनबहादुर पुनले बताउनुभयो ।

उक्त कार्यक्रममा गाविस स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति र सुआहारा परियोजनाको तर्फबाट घोडेपानीका सबै घरधुरीलाई सफा घरको प्रमाणपत्र समेत वितरण गरीएको छ ।

IMG_3512

सरसफाईयुक्त घोषणापछि घोडेपानीको बारेमा थप सकारात्मक सन्देश प्रवाह भई पर्यटन प्रर्वद्धन तथा दुषित पानी र फोहोर जन्य रोग न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक पुनले बताउनुभयो ।

अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत पर्ने घोडेपानी हिमालको दृष्यअवलोकन, लालीगुरासको जंगल, मगर संस्कृती, प्राकृतिक सौन्दर्यताको अवलोकनका लागि पर्यटकीय गन्तब्य हो । घोडेपानीमा एक जना कर्मचारी नियुक्त गरि दैनिक रुपमा पदमार्ग र गाउँ सफा गर्ने व्यवस्था गरिएको छ ।

IMG_3480

घोडेपानी होटल ब्यवस्थापन समितिले मासिक १५ हजार तलबको व्यवस्था गरेर सरसफाई कर्मचारी नियुक्त गरेको हो । यसैगरी आमा समूह र युवा कल्वले मासिक दुई पटक सरसफाई कार्यक्रम गर्छन् । घोडेपानी क्षेत्रको पदमार्ग व्यक्तिका घरआगँन भन्दा सफा सुग्धर देखिन्छ ।

SG_Myagdi Cleen Ward Ghosona (3)IMG_3482(2)
पलास्टीक प्रयोगमा प्रतिबन्ध लगाइएको घोडेपानीमा सिसा र धातुजन्य फोहोर संकलन केन्द्र समेत स्थापना गरिएको छ । सबै घरमा उमालेर तथा फिल्टरमा प्रसोधन गरिएको खानेपानी सुबिधा उपलब्ध छ ।

SG_Myagdi Cleen Ward Ghosona (3)

स्थानीयबासीले घरआँगन सफा राख्ने, बासी र फोहोर खानेकुरा नखाने, दैनिक दाँत माझ्ने, नङ काट्ने, कपाल कोर्ने, नियमित नुहाउने, सावुन पानीले हात हुने बानी बसालेका छन् । सुधारीएको चूल्हो प्रयोग गर्दै आएका स्थानीयबासीले वातावरण संरक्षणका लागि गुराँसको काठ र दाउरा प्रयोग गर्दैनन् ।