दोहोरीगीत प्रतिष्ठानको साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी
भदौ ९ गते । IMG_4482राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा भदौ ९ गते सनिबार म्याग्दी रमाइलो दोहोरि साँझको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाले गरेको कार्यको वार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाका सह कोषाध्यक्ष पदम बिश्वकर्माले आर्थिक प्रतिबेदन र अध्यक्ष कृष्ण जिसीले वार्षिक प्रगति प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सल्लाहकार नेत्रबहादुर महत, साबिक धौलागिरीका निबर्तमान अध्यक्ष तारानाथ आचार्यले मन्तब्य ब्यक्त गरेका थिए । संस्थाले बाह्रौ साधारण सभाको अबसरमा दुवै मिर्गौला खराब भएका मंगला गाउपालिका ५ का रुपेश छन्त्याल बचाउ अभियानलाइ ५००० सहयोगको घोषणा गरेको छ ।

त्यसैगरी यसै वर्ष म्याग्दीका पुराना कलाकारहरुको सम्मानमा एक कार्यक्रम आयोजना गर्ने समेत अध्यक्ष जिसीले बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता बरिस्ठ उपाध्यक्ष देबेन्द्र घिमिरेको स्वागत र सचिब एकराज चापागाईंको संचालनमा सम्पन्न भएको हो