ताजा समाचार:
Search

म्युजिक भिडियोमा रवीनाको छलाङ

विकल्प न्यूज/बेनी
साउन २८ गते ।  Rabina Bhandari (2)म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी रवीना भण्डारी म्युजिक भिडियो अभिनयमा व्यस्त हुन थालेकी छिन् । एक वर्षअघि राजधानी काठमाडौ छिरेकी भण्डारीले यस अवधिमा करिब ७० वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेको बताईन् । आधुनिक, लोक, तिज, पप गीतमा अभिनय गरेकी भण्डारी आफ्नो कला र ईच्छाशक्तिका कारण अभिनय क्षेत्रमा अघि बढ्न सहज भएको बताउछीन् ।

“परिवारको पनि साथ छ” भण्डारीले भनिन् “दर्शकहरुको सकारात्मक प्रतिक्रिया र सुझावबाट उत्साहीत छु ।” फौद केसीको बैसरीमा घर थियो भने भन्ने बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी भण्डारीको अभिनय गरेको कल्पना गौतमको मेरो दिलमा राज गर्ने बोलको आधुनिक गीत युट्यममा बढी हेरीएको छ ।

उनले पछिल्लो समय तिज गीत फुलबारीमा फुलैको छायाँमा अभिनय गरेकी छिन् । एक महिनामा बिस भन्दा बढी गीतमा नृत्य गरेको भण्डारीले बताईन् । काठमाडौको पिके कलेजमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत भण्डारी नृत्य र पढाईलाई संगै अघि बढाउने योजनामा छिन् ।

हालै सांस्कृतिक कार्यक्रममा कतारमा पुगेर फर्कीएकी भण्डारी अन्य देशका कार्यक्रममा समेत जाने तयारीमा भएको बताईन् । स्टेज कार्यक्रम र महोत्सवहरुमा पनि नृत्य प्रस्तुत गर्न भण्डारीलाई निम्तो आउने गरेको छ । सानैदेखि नृत्यमा रुची राख्ने भण्डारी आफूलाई म्युजिक भिडियाले चिनाएकोमा मख्ख छिन् । जे काममा पनी ईच्छाशक्ति, लगनशिलता, मिहेनत आवश्यक पर्ने भण्डारीको अनुभव छ ।