सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’

विकल्प न्यूज/बेनी
साउन २५ गते । geeetम्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् ।

बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ ।
अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएकी छन्त्याल र पोर्चुगलको लिस्वोनमा रहेका लामाले पहिलो एल्बम्बाट दर्शक र स्रोताबाट पाएको हौसलाले उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

बेनीस्थित बेनी बोर्डिङबाट प्रवेशिका परीक्षा उत्र्तीण गरेकी छन्त्याल म्याग्दी बहुमुखी क्याम्पस र काठमाडौँस्थित एक कलेजबाट स्नातक तहको अध्ययनपछि सन् २००८ मा थप अध्ययनको सिलसिलामा अष्टे«लिया पुगेकी हुन । छन्त्यालको सानै उमेर देखि गीतसंगीतमा निकै रुची थियो ।  https://www.youtube.com/watch?v=A4KPgZ4v4s0

‘विद्यालय देखि क्याम्पस लेभल सम्म मैले थुप्रै गीतहरु गाए, कन्सर्ट गरेँ, तर गीत रेकर्ड गर्ने मौका मिलेको थिएन’, उनले भनिन्, ‘घरपरिवार सबैको सहयोगले अहिले अनुकुल मिलाएर गीत रेकर्ड गराएँ र त्यसको म्युजिक भिडियो पनि तयार पारेका हौँ ।’ जीवन रसाईलीको निर्देशनमा मेलवर्न र पोर्चुगलको लिस्वोनमा सुटिङ गरेको म्यूजिक भिडियोमा विनोद पौडेल तथा अञ्जली पोखरेलले अभिनय गरेका छन् ।

विदेशी भूमिमा तयार पारेको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । ‘त्यसमा लगानी पनि राम्रै भएको छ, यसबाट हामी सन्तुष्ट छौँ’, छन्त्यालले भन्नुभयो, ‘अब साँगेतिक यात्रालाई निरन्तर अघि बढाउनेछु ।’

साहित्यकार तथा कवि सञ्जय लामाको शब्द र लय रहेको उक्त गीतमा हरि लम्सालले सँगीत दिएका छन् । यसैबीच, उक्त म्युजिक भिडियोको हालै गायकद्धय राजु लामा र मिलन लामाले पोर्चुगलको लिस्वोनमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।