चीनमा बनाइयो माओको ३७ मिटर अग्लो मुर्ति

५ करोडमा सुनको जलप लगाइएको मुर्ति
(बीबीसी), चीन

चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको ३७ मिटर अग्लो सुनको जलप लगाइएको मुर्ति निर्माण गरिएको छ । तोन्जु काउन्टीका एक व्यापारीले बनाएको यो मुर्ति निर्माणमा करिब ४ करोड, ९० लाख रुपैयाँ (३ मिलियान युआन) खर्च भएको चाइना डेलीले जनाएको छ ।

हेनान प्रान्त ५० को दसकमा माओले सुरु गरेको कम्युनिस्ट क्रान्तिको केन्द्र थियो । मुर्ति निर्माणमा केही स्थानीयले पनि आर्थिक सहयोग गरेको बताइएको छ । केहीले भने माओकालमा थुप्रै निर्दोष चिनियाको मृत्यु भएको भन्दै उनको मुर्ति निर्माणको आलोचना पनि गरेका छन् । ekantipur

तस्बिरहरु : रोयटर्स 

05012016063915mao-1-1000x0 05012016063916mao-2-600x0