लौ “आयो ३३ किलो सुन” (भिडियोसहित)

विकल्प न्यूज/बेनी
साउन १६ गते । 33 kiloम्याग्दीका युवा  चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोरा र लोक दोहोरी गायिका बिमला श्रीसले यस्पालिको तीज मा ३३ किलो सुन तीज गीत बजारमा ल्याउनुभएको छ  ।

बिगत केहि वर्ष अगाडि  देखी संगित क्षेत्रमा आफुलाइ गायक तथा मोडेलको रुपमा परिचित बनाउँदै आउनुभएका  गायक सज्जन बोहोरा र गायिका बिमला श्रीसले यो बर्ष तीज गित बजारमा सार्वजनिक गर्नुभएको छ ।

नेपालको सनसनिपुर्ण घटना 33 किलो सुन काण्ड लाइ विषय बस्तु बनाएर पारिबारिक तथा सामाजिक विषय बस्तुमा गीत को शब्द तयार भएको छ जसमा  शब्द रचना शब्द संकलक प्रविण खत्रीको रहेको छ भने लय गायक सज्जन बोहोरको रहेको छ ।

बिभिन्न म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका बोहोरालाइ यसपाली भने फरक रुपमा देख्न पाइने छ जसमा  गायक गायिका दुबैको अभिनय देख्न सकिन्छ । सज्जन बोहोरा र बिमला श्रीसको आवाजमा सजिएको गीतमा निर्देशन एकेन्द्र सारा संकर को रहेको छ । उक्त गीत मेसना डिजिटल कम्पनीको प्रस्तुतिमा   music nepal बाट youtube मा सार्बजनिक भएको छ ।