म्याग्दीका दुर्गम भेगमा इन्टरनेट विस्तार गर्न मोना हङकङले सहयोग गर्ने

विकल्प न्यूज /बेनी
पुस २२ गते । म्याग्दीका दुर्गम भेगमा इन्टरनेट सञ्जाल विस्तार गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला विकास समितिले एक वर्ष अगाडी जिल्लाका दुर्गम गाउँमा वसोवास गर्ने जिल्लावासीहरुलाई इन्टरनेटको पहुँचमा ल्याउन योजना अगाडी बढाएको थियो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङको हालै सम्पन्न विधानसभाले जिल्लामा इन्टरनेट विस्तारका लागि सहयोग गर्ने निर्णय गरेको हो । विश्वभर रहेका म्याग्दीवासी तथा गैर म्याग्दीवासीहरुबाट आर्थिक सहयोग संकलन गर्न मोना आइइसीले संरक्षक प्रकास पुनको संयोजकत्वमा यस अघि समिति गठन गरिसकेको थियो ।

12400613_10203567701152964_7323537030678001546_n
जिल्लामा इन्टरनेट सञ्जाल विस्तारका लागि आर्थिक सहयोग संकलन गर्न मोना हङकङको विधानसभाबाट निवर्तमान अध्यक्ष दल सेर्बुजा संयोजक, पुन मगर समाज हङकङका निवर्तमान अध्यक्ष तथा मोना हङकङका सल्लाहकार राजु गर्बुजा सह संयोजक तथा सदस्यहरुमा ईन्द्र एलजी थापामगर, कर्ण पुन, रुपा चोचाङगी, प्रमोद गिरी, आशा पुन, ज्ञानेन्द्र थापा, नारायण सिह पुन र बम बहादुर बिक रहेको एक समिति गठन भएको सदस्य इन्द्र एलजी थापामगरले जानकारी दिनुभएको छ ।
साथै उक्त सभाले सचिव प्रमोद गिरीको कार्य र कोषाध्यक्ष ज्ञानेन्द्र थापाको आर्थिक प्रतिवेदन केही संशोधन सहित पारित गरेको छ भने विधान संशोधन समितिका संयोजक तुल्मराज रामजालीले प्रस्तुत संशोधन विधान पनि पारीत भएको छ। जस अनुसार उपाध्यक्ष र सह कोषाध्यक्ष थप गरी पदाधिकारीहरुको संख्या ७ पुगेको छ ।
विधान संशोधन पश्चात सल्लाहकार राजु गर्बुजाको प्रस्तावमा वर्तमान सल्लाहकार रुपा चोचाङगीलाई उपाध्यक्ष, कार्यसमितिका सदस्य नारायण सिह पुनलाई सह कोषाध्यक्ष र मोना हङकङका सक्रिय समाजसेवी धन फगामीलाई कार्यसमितिमा पद पूर्ति गरिएको छ।

उक्त अवसरमा अध्यक्ष ईन्द्र एलजी थापामगरले शपथ खुवाएका थिए। यसै गरी फुटबल खेलबाट मोना हङकङलाई विशेष योगदान दिइरहेका मोना हङकङका फुटबल खेलाडी क्याप्टेन सरोज थापालाई संस्थाको मानार्थ सदस्य प्रदान गर्ने निर्णय भएको छ।
उक्त सभामा हालै बेनी म्याग्दीमा सम्पन्न मोना अन्तराष्ट्रिय समन्वय समितिको विश्व भेला तथा प्रथम महाधिवेसनमा मोना, हङकङका आजिवन सदस्य टिका गुरुङ उपाध्यक्ष, संस्थापक अध्यक्ष तुल्मराज रामजाली सचिव, अध्यक्ष ईन्द्र एलजी थापामगर सदस्य र सल्लाहकार प्रकाश पुन प्रमुख संरक्षकमा निर्वा्चित हुनु भएको मोना हङकङका अध्यक्ष थापामगरले खादा आदाएर सम्मान गरेका थिए भने द्धाय उपाध्यक्ष टिका गुरुङ र सचिव तुल्मराज रामजालीले मन्तव्य राखेका थिए ।
10293_10203567700352944_2590463641047182046_n
यसै गरी मोना महिला विभागका सदस्य जालमाया रोकालाई ब्रेन ट्युमर विमारीको सहयोगार्थ आर्थिक संकलन गरि सहयोग गरेको र मोना महिला विभागका भू.पू. सदस्य धनमाया आशा पुनले आफ्नो स्वर्गिय श्रीमानको सम्झनामा ज्ञानोदय मा. वि. मौवाफाट, म्याग्दीका दृष्टी विहिन विधार्थीहरुको लागि दुई थान कम्युटर सहयोग गरेको हुँदा वहाँहरुलाई संस्थागतरुपमा अध्यक्ष थापामगरले खादा आदाएर सम्मान गरेका थिए यसै गरि सल्लाहकार कर्ण पुनले अहिले सम्मकै सबै भन्दा ठुलो राशीको सेफ्टि अवार्ड प्राप्त गर्न सफल भएकोमा अध्यक्ष थापामगरले खादा आदाएर सम्मान तथा हार्दिक बधाइ दिएका सचिव तुल्मराज रामजालीले जानकारी दिनुभएको छ । विधान सभा अध्यक्ष ईन्द्र एलजी थापामगरको अध्यक्षतामा सचिव प्रमोद गिरिको संचालन तथा सहसचिव आशा पुनको स्वागतमा सम्पन्न भएको थियो ।