ताजा समाचार:
Search

मुस्ताङको परिवेशमा आधारित चलचित्र “छिरीङ”(भिडियो सहित)

निरज थकाली/विकल्प न्यूज
साउन १६ गते । Chiring (2)जोमसोम/हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमा आधारीत चलचित्र “छिरीङ” निर्माण भएको छ ।
रिडम फिल्मसको ब्यानरमा गायक, अभिनेता तथा निर्देशकको पहिचान बनाएका कलाकार यश कुमारले निर्देशन गरेको चलचित्र बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

कलाकार निमा रुम्बा र निर्देशक समेत रहेका यश कुमारको पनी अभिनय गरेको यो चलचित्र नायीका कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छिन् । अल्पसंख्यक थकाली समुदायको जातीय पहिचान झल्कने भेषभुषा, चलनचल्तीमा आधारीत यो चलचित्र हलिउड शैलीमा बनाइएकाले एक्सपेरिमेन्टको रुपमा लिइएको निर्देशक यश कुमारले बताउनुभयो ।

माया प्रेममा आधारीत चलचित्र मुस्ताङको जनजिवन र परिवेशमा आधारीत भएकाले अन्य भन्दा फरक भएको उहाँको दावी छ । अमेरीकाका विभिन्न सहरहरुमा बिशेष प्रर्दशनी गरिसकिएको चलचित्रको साउन २५ र २६ गते जोमसोममा च्यारीटी सो गरिने भएको छ । पुथाङ आमासमुहको भवनमा बिशेष प्रर्दशन हुन लागेको हो ।

बिशेष प्रदर्शनीको जिम्मेवारी पनी आमा समूहले लिएको छ । प्रतिव्यक्ति पाँच सय रुपैया टिकटको मूल्य निर्धारण भएको छ । प्रतिदिन दुई सो चलचित्र देखाइने आमा समूहले जनाएको छ । यो चलचित्रले समग्र मुस्ताङ जिल्लाको पर्यटनमा टेवा पु¥याउने जनमुक्ति युवा क्लबका अध्यक्ष नरेन्द्र थकाली बताउनुभयो ।

झुमा चलचित्रबाट रिमेक गरिएको “बोलबोल” नामक गित यस छिरिङ चलचित्रमा राखिएको छ र एक महिना अगाडि युटुव मार्फत सार्वजनिक गरिएको यो गितले निकै नै राम्रो प्रतिक्रिया हात पारेको छ । हालसम्म २ लाख भन्दा बढि भ्यु पाइसकेको छ ।