ताजा समाचार:
Search

बेल्जियमका नेपालीद्धारा गलेश्वरका वृद्धाहरुलाई न्यानो कपडा सहयोग

निर्मल खत्री/विकल्प
म्याग्दी,पुस २१ गते ।
म्याग्दीको गलेश्वर जेष्ठ वृद्धा आश्रममा रहेका ५० जना वृद्धालाई बेल्जियमा रहेका नेपालीहरुले ५० थान बल्याङ्गकेट बितरण गरेका छन ।
बेनी नगरपालिका वडा १ का झलक बहादुर महतको संयोजकमा बेल्जियममा कार्यरत्त नेपाली दाजुभाईहरुको सहयोगमा जाडो मौसम भएको समयमा म्याग्दीमा रहेको एक मात्र वृद्धा आश्रम गलेश्वर जेष्ठ नागरिक वृद्धा आश्रमका बृद्धाहरुलाई सो बल्याङ्गकेट बितरण गरिएको हो । IMG_6146(1)
गलेश्वर शिवालय क्षेत्र बिकास कोषका अध्यक्ष रुद्रबहादुर कार्कीको अध्यक्षतामा बितरण गरिएको कार्यक्रमा बेल्जियमा रहेका झलक बहादुर महतको परिवार सहित अन्य सहयोग गर्ने परिवार समेत उपस्थित भएर बितरण गरिएको गलेश्वर क्षेत्र बिकास कोषका कार्यलय सचिव एकेन्द्र कार्कीले जानकारी दिएका छन ।
बितरया कार्यक्रममा बोल्दै झलक बहादुर महतका दाजु नेत्र महतले बैदेशिक रोजगारमा गएता पनि सधै नेपालीको मन नेपाल र आफ्नो गाउँ प्रति श्राद्धा भएर नै धेरैलाई सहयोग पुगेको बताउनु भएको छ । कार्यक्रमको स्वागत उपाध्क्ष भिमनाथ प्रराजुलीको थियो भने सञ्चालन सचिव खगराज सुबेदीले गरेको थिए ।