ताजा समाचार:
Search

दृष्टिविहिन विद्यार्थीलाई बोल्ने कम्प्यूटर हस्तान्तरण

हरिकृष्ण गौतम/विकल्प
म्याग्दी,पुस २१ गते ।
म्याग्दीको पिप्ले गाविसस्थित ज्ञानोदय माविको दृष्टिविहिन स्रोतकक्षामा अध्ययरत विद्यार्थीलाई हङकङबाट १ लाख १२ हजार मुल्यको बोल्ने कम्प्यूटर सहयोग गरेका छन् । ओखरबोट गाविस महवीर स्थायी घरभई हाल हङकङमा बसोबास गर्ने धनमयाँ पुन (आशा)ले स्वर्गीय श्रीमान मोहन थापा मगरको सम्झनामा दृष्टिविहिन विद्यार्थीैले प्रयोग गर्ने ९२ हजार बराबरका दुईवटा कम्प्यूटर सोमबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।   IMG_5027(1)
बोल्ने कम्प्यूटरको अभावमा दृष्टिविहिन विद्यार्थीलाई समस्या भएको समाचार बेनीअनलाइन र नवविकल्प साप्ताहिक समाचारपत्रमा प्रकाशित भएपछि समाजसेवी पुनको आर्थिक सहयोगमा बाबा खिमबहादुर पुन, आमा रनसरा पुन र छोरा अमन (नुर) थापाको उपस्थितिमा सहयोग उपलब्ध गराइएको हो । कार्यक्रममा बोल्दै सहयोगदाता धनमायाँका पिता प्रमुख अतिथि खिमबहादुर पुनले हरेक बर्ष स्वार्गारोहण भएको दिन आर्थिक अवस्था कमजोर भएका बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगाएतलाई सहयोग गर्ने गरेको बताए ।

IMG_5019

त्यस्तै सोही अवसरमा मोना हङ्गकङ्गका निर्वतमान अध्यक्ष दल शेरपुञ्जाको संयोजनमा तनहुँ–३ दुलेगौडा घरभई हाल हङकङमै रहेकी जुनमायाँ गुरूङले इन्टरनेट जडानका लागि २० हजार सहयोगका बारेमा समेत जानकारी गराइएको थियो ।

IMG_5032

कार्यक्रमम सहयोग हस्तान्तरण कार्यक्रमका संयोजनकर्त पत्रकार हरिकृष्ण गौतम, विद्यालयका प्रधानध्यापक निलकण्ठ सुबेदीले मन्तब्य राख्नुभएको थियो । स्रोत कार्यक्रममा गणेश सुबेदीको स्वागत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुबेदीको अध्यक्षता र शिक्षक गुणराजगौतमले गर्नुभएको थियो । २०६५ सालमा स्थापना भएको दृष्टिविहिन कक्षामा १९ जना विद्यार्थी अध्ययन गदै आइरहेका छन् । २ जना विद्यार्थीले प्रवेशिका परिक्षा उत्तिर्णा गरिसकेका छन्