एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असार १७ ।IMG_8537    ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको हो ।
तालिममा ९० जना प्रशिक्षार्थीहरुलाई धिमेबाजा, हार्मोनियम र बाँसुरी बजाउन सिकाइएको थियो । तालिमको प्रशिक्षक सज्ञेन महर्जनले धिमेबाजा र बाँसुरी, मंका खलका सल्लाहकार प्रकाशकुमार श्रेष्ठ र सांस्कृतिक उपसमिति संयोजक सञ्जयकुमार श्रेष्ठले हार्मोनियम बजाउने तरिकाका विषयमा सहजीकरण गरेका थिए ।IMG_8566समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले कला, संस्कृति र मुल्यमान्यताहरु अमुल्य सम्पति भएको हुँदा यिनको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए । कार्यक्रममा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नास सृष्टिकला काठमाडौंका अध्यक्ष धर्म मुनिकार र मंका खल अन्तर्गत ल्यामु पुचका अध्यक्ष सुविन श्रेष्ठले कला संस्कृतिलाई जोगाउनुपर्ने बताएका छन् ।IMG_8540कार्यक्रमको अवसरमा मिस नेवा–२०१७ को मिस फोटो जेनिक उपाधि जित्न सफल स्मृति श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरुले धिमेबाजा, हार्मोनियम र बाँसुरीको तालमा गीत प्रस्तुत गर्नुका साथै ती बाजाहरु बजाएका थिए ।
कार्यक्रम नेपाल भाषा मंका ः खल अन्तर्गतको मैजु खल म्याग्दीका अध्यक्ष तुलसीलता श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रजनी कर्माचार्यको स्वागत र सचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । नेवार समुदायको संस्था मंका ः खलले हरेक वर्षमा वर्षेनाच समेत प्रस्तुत गर्दै आइरहेको छ । IMG_8546IMG_8559