ताजा समाचार:
Search

गीतले गाउँ चिनाउँदै गीता (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
चैत ६ गते ।    Gita paija 1गीत संङ्गीतका तर्फबाट मनोरञ्जन दिँदै गाउँलाई चिनाउँने अभियानमा गीता पाइजा पुन मगर लाग्नुभएको छ । समुधुर स्वरकी धनी गीताले कला संस्कृति जगेर्नाका साथै गाउँको पहिचानलाई गीत मार्फत प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुभएको छ । म्याग्दीका पर्यटकीय क्षेत्रहरुको सुन्दरता झल्कीने गरी मौलिक लयमा गीत गाउँने गीता पछिल्लो समय नेपाली लोकसङ्गीतका क्षेत्रमा चर्चित हुनुहुन्छ । पाइजाले अहिले सम्म म्याग्दी र पर्वतका गाउँ चिनाउने दर्जनौं म्यूजिक भिडियोमा स्वर भर्नुभएको छ ।

सवै गरेर अहिले सम्म एकसय जति गीतमा उहाँले स्वर दिनुभएको छ । पर्वतको जलजला ६ कुवापानीमा जन्मीएकी गीताको सानै देखि गीत संङ्गीतमा रुची थियो । पुनमगरहरुको सालैजो र पुख्र्यौली गीतबाट संङ्गीत क्षेत्रमा प्रवेश गरेकी गीता पछिल्लो समय गाउँठाउँको पहिचान झल्काउँने गीत उहाँको रोजाईमा छ ।

“विताउँला यो जिवन धौलागिरी छायामा… दन्तै लहर खुलै सरी मुस्कुराउँछन ति हिमगिरी…. प्रकृतिको त्यो अनुपम उपहार मेरो प्यारो यो धौलागिरी.. ।” “झ्याउरे मारुनी सोरठी गाउँछन यहाँ सङ्गलो मनले चोखो पिरती लाउँछन यहाँ रोदी दोहोरीमा मनमुटु साट्छन जहाँ यस्तो कला संस्कृति पाउँछन कहाँ ….।” भन्ने म्यूजिक भिडियोमा धौलागिरीका पर्यटकीय क्षेत्रहरुलाई समेटेर छायङ्कन गरिएको छ । म्याग्दी र पर्वतका पर्यटकीय स्थलहरुबाट देखिने हिमश्रृङखलाहरुलाई म्यूजिक भिडियोमा उतारिएको छ । Gita paijaगीताले स्वर भरेका एल्बममा म्याग्दी र पर्वतका ऐतिहासिक र पर्यटकीय क्षेत्रको चर्चा गर्नुभएको छ । ‘आफु जन्मेको गाउँ–ठाउँको वारेमा केही गरौं भनेर गीत गाएँ ।’ उहाँले भन्नुभयो “लोकसंस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने मेरो उद्देश्य हो ।”
“प्यारो भन्दा प्यारो लाग्छ हाम्रो खिबाङ गाउँ…..।”
“यही हो मेरो जलजला”
“घुम्नलाई नांगी गाउँ आउँ प्रकृति सँग मीत लाउँ
हामी पर्यटकको स्वागतको छौं नाचौं घुमौं दुःख पीर भुलौं ।” भन्ने गीतको एल्बममा पनि गीताले स्वर दिनुभएको छ ।

यस्तै पछिल्लो पटक गीताले आफ्नै जन्मभूमि कुवापानीको वारेमा गीति एल्बम निकाल्नुभएको छ । “यहि हो मेरो गाउँ म जन्मीएको ठाउँ प्यारो लाग्छ मलाई कुवापानी गाउँ…… भन्ने बोलको गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गीताले स्वर भरेका गीतहरुमा पर्यटकीय क्षेत्रका साथै मगर कला संस्कृतिले भरिएका गाउँहरुमा छायङ्कन गरिएको हुन्छ ।

हाल काठमाडौ बसोबास गर्नुहुने गीता गाउँ–ठाउँको प्रचारको वारेमा सधै चिन्तित रहेको धारणा राख्नुहुन्छ । ‘आफ्नो ठाउँ चिनाउने भिडियोमा स्वर दिनपाउँदा आनन्द आउँछ, “भिडियो हेरेपछि धेरैले म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमणमा जाने सोच बनाएको सुन्दा गर्ब लाग्छ ।” गीताले भन्नुभयो । एल्बम हेरेर स्वादेशमा र विदेशमा बस्ने म्याग्दी र पर्वतबासीहरुले राम्रो प्रतिक्रिया दिएको धारणा राख्ने गीता अहिले उत्साहित हुनुहुन्छ । गीत संङगीतमा नै जिवन देखेकी गीताले अझै गाउँ ठाउँ चिनाउने थुप्रै म्यूजिक भिडियो बजारमा ल्याउने उद्देश्य रहेको गीताले सुनाउनुभयो ।