ताजा समाचार:
Search

बेनीका बानियाँको म्युजीक भिडीयो निर्देशनमा डेब्यु

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ९ गते । बेनीमा रहेर करिब आधा दशकदेखि मिडीया सम्बन्धि काम गर्दै आएका भुपेन बानियाँले म्युजीक निर्देशन तथा छायांकन सुरु गरेका छन् ।

Bhupen Baneaya

यसका साथै उनले बेनीमै म्युजीक भिडीयो निर्माण सम्बन्धि काम पनि थालेका छन् । म्युजीक भिडीयो छायांकनका लागि पोखरा र काठमाडौ जाने गरेका धौलागिरीका कलाकारहरुले अब बेनीबाटै सो सुबिधा पाउने बानियाँले बताउनुभयो । दर्जनौ डकुमेन्ट्रिहरुको निर्माण, सम्पादन र छायांकनको अनुभव सँगालेका बानियाले चलचित्रहरुको पनि छायांकन गर्ने योजना बनाउनुभएको छ ।

Bhupen Jee भिडीयो छायांकनका लागि उनले क्यानन कम्पनीको एसडीएस मोडलको क्यामेरा पनि भित्र्याएका छन् । उनले आफ्नै क्रियटिभ मिडीया मार्फत नयाँ प्रबिधि र गुणस्तरयुक्त म्युजीक भिडियो छायांकनको साथै निर्देशन र निर्माणको सेवा दिन थालेका हुन् ।

बानीयाँले पहिलो पटक बिन्दबासीनी म्युजीकले बजारमा ल्याउन लागेको बेनीका कलाकार नकुल ढकालको रोईला गित रुदै मेला पातमाको छायांकन र निर्देशन गरीसकेका छन् । बेनी नगरपालीका ५ चुत्रेनी र पर्वत बेनीमा गत सोमबार छायांकन गरिएको उक्त म्युजीक भिडीयोमा स्थानीय युवा भरत रकाल र कलाकार सुश्मा अधिकारीले अभिनय गरेका छन् ।

Bharat Rakal
बानियाँका अनुसार हाल धौलागिरीमा बार्षिक एक सय भन्दा बढी म्युजीक भिडीयो निर्माण हुने गरेको छ । ‘धौलागिरीमा छायांकन हुने म्युजीक भिडीयो तथा मुस्ताङमा छायांकन हुने चलचित्रको काम यहीबाट गर्दा लागत पनि घट्छ, सजिलो हुन्छ’ बानियाँले भने ‘काठमाडौ र पोखराका कम्पनी सरहको गुणस्तरीयता दिन सक्ने प्रबिधि हामीसंग छ ।’

२७ वर्षिय बानियाले २०६७ देखि भिडीयो छायांकनको साथै नृत्य प्रशिक्षणको काम गर्दै आएका छन् । उनले गत वर्ष दुई वटा भ्युजीक भिडीयोमा अभिनय पनि गरेका थिए । लामो समयदेखिको मिडीयो क्षेत्रको अनुभव र रुचीका कारण यस क्षेत्रलाई थप व्यवस्थित बनाउन आफूले गरेको प्रयासलाई स्थानीय स्तरबाट सहयोग पाउने बानियाले अपेक्षा गरेका छन् ।