ताजा समाचार:
Search

निर्माण व्यवसायी भन्दा उपभोक्ता समितिका अध्यक्ष बाठा भए ः अध्यक्ष रोका

विकल्प न्यूज/बेनी
फागुन २३ गते ।

Shree Prashad Roka साविकको निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालीत विकास आयोजना कार्यान्वयनको अवस्था र तिनलाई पारदर्शी, दिगो एवं प्रभावकारी बनाउन भएको पहलका बारेमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकासंग नवविकल्प साप्ताहिकका लागि गरिएको संक्षिप्त कुराकानी । 

मालीका गाउँपालिकाले कुन क्षेत्रका आयोजनालाई प्राथमिकता दिएको छ ?
गाउँपालिकाको केन्द्र देखि वडासम्म जोड्ने कच्चि सडकको ट्याक निर्माण भैसकेका छन् । हिजोका उपभोक्ता समितिले गरेको जुन खालको सडक छ त्यहाँ सवारी सञ्चालन हुन सकेको छैन् । प्राबिधिक हिसाबले डिजाईन गरेर सडकलाई स्तरउन्नती गरी नियमित सवारी सञ्चालन गर्ने योजना छ । विकासको प्रमुख आधार सडकनै हो । सडक सहज भयो भने अन्य पुर्वाधार र सामाजिक विकासको काम गर्न सजिलो हुन्छ भन्ने हाम्रो बुझाई छ । हाम्रो सडक यहाँ भएका सवारी साधनलाई पुग्ने किसीमको पनि छैन । सात वटै वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकलाई स्तरउन्नती गरी बाह्ै महिना नियमित सवारी सञ्चालन गर्ने लक्ष्य सहित बृहत योजना बनाएर अघि बढ्ने तयारीमा छौ । स्तरवृद्धि भएपछि सडकमा नियमित सवारी साधन सञ्चालन हुन्छन् र जनताले सेवा, सुबिधा पाएको महशुस गर्छन् भन्ने अपेक्षा छ ।
हेभी ईक्युभमेन्टको प्रयोग कसरी भैरहेको छ ?

बजेटलाई सहि परिचालन, छिटो र कम लागतमा काम गर्न हेभी ईक्युभमेन्टको प्रयोग गर्नुपर्ने आवश्यकता छ । नयाँ ट्याक खन्न, फराकीलो बनाउन र सरसफाईमा एक्साभेटरको प्रयोग भैरहेको छ । व्यवस्थित नहुँदा वातावरणीय असर र बाढी पहिरोको जोखिमको समस्या छ । स्तरउन्नतीका लागि नाली निर्माण गर्ने, कल्भर्ट बनाउने, मेसीनरी, ग्यावियन पर्खाल लगाउने र ग्राभेल गर्न मानवीय शक्तीको प्रयोग गरी हेभी ईक्युभमेन्टको प्रयोगलाई न्युनीकरण गर्ने सोच छ । हेभी ईक्युभमेन्टको प्रयोग न्युनीकरण गरी स्टक्चरको काम सहित सडकको स्तरोन्नती गर्छौं ।
पारदर्शी रुपमा हेभी ईक्युभमेन्ट प्रयोग भएको आरोप छ नी ?

यो त एकदमै सही हो । एकदमै अपारदर्शी छ । किनभने कोटेशन र प्रतिस्पर्धा बिनै डोजर भाडामा लिएका छन् । हामी जनप्रतिनिधि पनि भर्खरै नयाँ आएका छांै । निर्माण व्यवसायी भन्दा उपभोक्ता समितिका अध्यक्ष एकदमै बाठो भैरहेको अवस्था छ । यो हामीले देखिरहेका छांै । भोली यो काम गर्न त्यहाँको उपभोक्ता समितिलाई एकदमै गाहे पर्ने देखिन्छ । भ्याट बिल देखि हरेक कुरामा उपभोक्ता समिति मर्कामा परेका छन् । हामीले नजिकबाट अध्ययन गरिरहेका छौं । कतिपय मान्छेलाई सचेत पनि बनाएका छांै । तर त्यहाँको उपभोक्तालाई एक्साभेटर सम्बन्धि ज्ञान नभएको कारणले गर्दा पनि यस्तो भएको हो जस्तो लाग्छ । उपभोक्ता समितिका अधयक्ष, सचिव, कोषाध्यक्ष र डोजर मालीकको समन्वयमा अपारदर्शी किसीमले काम भएको छ । उहाँहरुले प्रतिघण्टाको दरले हिसाव देखाउनुभएको छ । गाउँपालिकाले घनमिटरको हिसाबले ईस्टिमेट, मूल्याङ र भुक्तानी गर्ने स्पष्ट पार्न चाहन्छु । उहाँहरुले गरिरहनुभएको गतिबिधि हामीलाई कताकता शंका लाग्ने खालको छ । अनुगमन गर्ने तयारीमा छांै । कार्यपालिकाको बैठकमा यो समस्यालाई कसरी सुधार गर्न सकिन्छ भनेर छलफल गरी उचित निर्णय लिन्छांै ।

गाउँपालिकाले सञ्चालन गरेका योजनाको प्रगती र जनसहभागिताको अवस्था कस्तो छ ?

हामीले गाउँसभाबाट बजेट बिनियोजन गरेर पारित गरेका योजनाको सम्झौता अन्तिम चरणमा पुगेको छ । उपभोक्ता समिति मार्फत धमाधम काम भैरहेको छ । जनसहभागिता पनि राम्रो छ । हामीले अनुगमन गरेका योजनाको काम सन्तोषजनक पाएका छांैं । दश प्रतिशत जनसहभागिता रहनुपर्ने नीतिगत ब्यवस्था छ । श्रम र नगद सहभागिता तोकीएको भन्दा बढी र उत्साहजनक छ । गाउँमा अझ बढी छ । बजार क्षेत्रको योजनामा जनसहभागिता जुटाउन समस्या छ । समयमै गुणस्तरीय काम गर्न उपभोक्ता समिति र प्राबिधिकहरुलाई निर्देशन दिएका छौं । हामी नियमित अनुगमन र सहजिकरण गरिरहेका छौं । नवविकल्प साप्ताहिकमा प्रकाशित