बेनीमा नवराजले कविता वाचन गर्न थालेपछि ….. (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २५ माघ । kabita photoबेनीमा बिहीबार कबिता कन्र्सट भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र प्याब्सन म्याग्दीको आयोजनामा छुट्टा छुट्टै स्थानमा कबिहरुले कबिता बाचन गर्नुभएको हो ।

क्याम्पस परिसरमा बिहान र दिउँसो प्याव्सनको आयोजनामा म्याग्दी सिनेमा घरमा कबिता बाचन भएको थियो । कबि नवराज पराजुली, सुदेश सत्याल र अख्यानकार गनेश पौडेलको प्रस्तुती रहेको थियो ।

करिब पचास मिनेट कबिता बाचन गर्नुभएका पराजुलीले सगरमाथाको गहिराई, प्रेम, खोया, मोक्ष, ह्यापी बर्थ डे लगायतका कबिता वाचन गर्नुभएको थियो । यसैगरी सत्यालले पनि छन्द शैलीमा कबिता वाचन गर्नुभएको थियो । IMG_5463म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सञ्चालक समिति सदस्य माधवप्रसाद रेग्मीले मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दी साहीत्य सञ्चारले कबिता कन्र्सट कार्यक्रमको संयोजन गरेको थियो । तस्विर /भिडियो ठाकुरप्रसाद आचार्य