ताजा समाचार:
Search

ज्योती मगरले गलत समाचार प्रकाशित गरी बद्नाम गर्न खोज्नेविरुद्ध हालिन मुद्दा, को–को परे निशानामा ?

काठमाडौं । गायिका ज्योती मगरले केही अनलाईन् र ब्लगविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
आफ्नो बारेमा गलत प्रचार गरेर बद्नाम गर्न खोजेको भन्दै ज्योतीले शुक्रबार नेपाल प्रेस काउन्सिलमा केही अनलाईन र ब्लगविरुद्ध मुद्दा हालेकी हुन् ।
ज्योती मगरमाथि हातपात भयो भन्ने गलत खबरलाई अनलाईनले प्रकाशित गरेपछि उनी केही दिनदेखि तनावमा पनि थिइन् । गलत समाचार प्रकाशित गरी बद्नाम गर्न खोज्नेविरुद्ध प्रेस काउन्सिलमा मुद्दा दर्ता गरेको बताईन् । ‘हुँदै नभएको कुरालाई प्रचार गरी मेरो बद्नाम गरियो, तीनका विरुद्ध मैले आज मुद्दा हालेकी हुँ’ उनले आक्रोश पोख्दै भनिन् ।
आफ्नो बद्नाम गराउन गलत प्रचार गर्ने ब्लग र अनलाईनविरुद्ध साइबर क्राइममा समेत मुद्दा हालेको उनले जानकारी दिईन् । ‘ज्योती मगरले अंग देखाएर नाचेको भन्दै काठमाडौंको बालाजुमा महिलाहरुको समुहले हातपात गरेको’ झुटो समाचार केही ब्लग र समाचार अनलाईनले प्रकाशित गरेपछि ज्योती मगरको सवत्र्र आलोचना भइरहेको छ ।
यस्तो छ ज्योती मगरले दर्ता गराएको मुद्दा हेर्नुस् प्रतिलिपी jyoti-magar