ताजा समाचार:
Search

महोत्सवमा लोपोन्मुख यानीमायाको रौनक

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ माघ ।  IMG_4338बेनीमा सञ्चालीत म्याग्दी महोत्सव माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगीक, ब्यापारीक मेलाको छैठौ दिन बुधबार विभिन्न कलाकार, लोक संस्कृतीको प्रस्तुती र खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् ।

लोपोन्मुख यानीमाया लोकगित, कलाकार प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतको प्रस्तुती बुधबारको बिशेष आकर्षण बनेको छ । नेपाल मगर संघ म्याग्दीका कलाकारहरुले यानीमाया भाकामा लोकगित प्रस्तुत गरेका थिए ।

यसैगरी बेनपा ९ घतानको टोलीले भजन प्रस्तुत गरेका थिए । प्रथम धौलागिरी लोक तारा शक्ति छिनाल, देवेन्द्र घिमीरेले गित, ४ नम्बर प्रदेश लोकतारा जमुना देवकोटा, कलाकार रवीना भण्डारी र बिनु कार्की लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

सिर्जना मम बेनी र म्याग्दी लोक दोहोरी विगत प्रतिष्ठानबिच भएको दोहोरी गितको प्रतिस्पर्धामा सिजना म.म बिजयी भएको प्रतियोगिताका संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार मंगला गाउँपालीका र नेपाल मगर संघ म्याग्दीबीच लोकदोहोरी हुने भएको छ ।
खेलकुद प्रतियोगिता अन्तरगत पुरुष भलिबलको पहिलो चरणको खेल सकिएको छ । बुधबारको प्रतिस्पर्धाबाट काठेखोला गाउँपालीका र बेनी नगरपालीका सेमी फाईनलमा प्रवेश गरेका छन् । जलजला गाउँपालीकालाई पहिलो खेलमा २ का विरुद्ध ३ सेटले पराजित गरेको काठेखोलाले दोस्रो खेलमा मालीका गाउँपालीकालाई १ का विरुद्ध ३ सेटले पराजित गरेको हो ।
यसैगरी बेनी नगरपालीकाले कुश्मा नगरपालीकालाई सोटो ३ सेटमा पराजित गर्दै सेमी फाईनल प्रवेश गरेको खेलकुद प्रतियोगिता संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो । ६ वटा स्थानीय तहले सहभागीता जनाएको महिला भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने जनाइएको छ ।

पुरुष भलिबलको सेमीफाईनलको खेल बेनी नगरपालीका र मोदी गाउँपालीका तथा काठेखोला र मंगला गाउँपालीका बिच हुने भएको छ । यसैगरी बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा अन्नपूर्ण गाउँपालिकाले बिजयी सुरुवात गरेको छ ।

बेनपा १० पात्लेखेतलाई ५२ का विरुद्ध ७७ स्क्वाएर गर्दै अन्नपूर्णले उद्घाटन खेल जितेको हो । बास्केटबलमा १० समूहको सहभागीता छ । युथ युनाईटेड क्लबको संयोजनमा कालीपुल खेल मैदानमा सञ्चालीत बास्केटबल प्रतियोगिताको प्रदेशसभा सदस्य बिनोद केसीले उद्घाटन गर्नुभएको थियो ।

IMG_4329उद्घाटनपछि मन्तब्य व्यक्त गर्नुहुदै केसीले म्याग्दीका खेलाडीहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म पुग्ने लक्ष्य सहित अघि बढ्नुपर्ने र सरोकारवालाले सोही अनुसारको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

क्लब अध्यक्ष बिकास पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख पर्यटक भित्र्ने र छ करोडको कारोबार हुने अनुमान गरिएको छ ।