ताजा समाचार:
Search

लोक नृत्य प्रतियोगितामा मगर संघ पोखरा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ माघ ।

IMG_4271बेनीमा मंगलबार खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव अन्तरगत लोक नृत्य प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल मगर संघ पोखरा दिपको समूह प्रथम र बेनीको माउन्ट एभरेष्ट आवासीय मावि दितृय भएका प्रतियोगिताका संयोजक तथा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले जानकारी दिनुभयो ।

IMG_4268लोक संस्कृती र कलाको संरक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ९ समूहले सहभागिता जनाएका थिए । सहभागीहरुले सालैजो, कौडा लगायत लोक गितमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रथम र दितृय हुने समूहलाई २२ हजार २२२ र ११ हजार १११ रुपैया पुरस्कार प्रदान गरिएको थियो ।

महोत्सवको पाँचौ दिन कलाकार मिलन लामा, प्रिती आले र रमेशराज भट्टराईले गित प्रस्तुत गर्नुभएको थियो । यसैगरी बेनीको कालरात्री ब्याडले पप कन्सर्ट प्रस्तुत गरेका थिए । पुष २८ गतेदेखि सञ्चालित महोत्सव अन्तरगत रत्यौली गित प्रतियोगिता यसअघिनै सम्पन्न भएको छ भने लोक दोहोरी गीत प्रतियोगिता जारी रहेको छ । IMG_4298माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अवसर पारेर जलेश्वर देखि बेनीको दोभानसम्म कालीगण्डकीमा ¥याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी सञ्चालन गरिएको छ । म्याग्दी जिल्लाको धार्मीक पर्यटकीय स्थल र ५० वर्ष अघिको तस्विरका साथै वृत्तचित्र प्रर्दशनी गरिएको छ ।

IMG_4271म्याग्दीका छ वटै स्थानीय तहको उत्पादनलाई प्रर्वद्धनका लागि बिशेष प्रर्दशनी राखिएको छ । महोत्सवमा दुई सय भन्दा बढी ब्यापारीक स्टल रहेका छन् । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र छ करोडको कारोबार हुने अनुमान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

IMG_4249