म्याग्दी महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृतीलाई प्राथमिकता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २९ पुष ।

बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एव. ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगिक, ब्यापारीक मेलामा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृती जगेर्नामा प्राथमिकता दिइएको छ ।

म्याग्दी जिल्लाको सम्भावनाको उजागर गराई स्थानीय उत्पादनको बजारीकरण, कृषि, ब्यापारमा यान्त्रीकरण र कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा शुक्रबारदेखि बेनीको खुल्ला मञ्चमा महोत्सव सुरु भएको थियो ।

महोत्सवको दोस्रो दिन रत्यौली गित प्रतियोगिताका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । लोप हुन लागेको रत्यौली गितको संरक्षण गर्ने उद्देश्यले रत्यौली गित प्रतियोगिता आयोजना गरिएको सांस्कृतीक प्रतियोगिता संयोजक तथा संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो ।

IMG_3977उहाँका अनुसार रत्यौली प्रतियोगितामा सात समूहले सहभागिता जनाएका थिए । सहभागी समूहले बिवाह घरकै झल्को दिनेगरी रत्यौली गित प्रस्तुत गरेका थिए । बिशेष गरेर ब्रह्माण र क्षेत्री समुदायमा छोराको बिवाहमा जन्ती दुलही लिने गएको अवस्थामा महिलाहरुले रत्यौली गित मार्फत आफ्नो कुण्ठीत भावना व्यक्त गरेर मनोरञ्जन लिने चलन रहेको छ ।

शनिबार कलाकार यशकुमार र साहीमा श्रेष्ठ लगायत कलाकारहरुले गित प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा प्रर्दशनीका लागि म्याग्दीको विभिन्न ठाउँमा उत्पादीत कृषि उपज, हस्तकला र लघुउद्यमीका सामाग्री ल्याएका छन् । छ वटा स्थानीय तहमा उत्पादन हुने बस्तुहरुको प्रर्दशनी गरिएको छ ।IMG_3976गुर्जाको धजरा, क्वार्ज ढुङ्गा, मह, लुलाङ र रुमको स्लेट, नेपाली कागज, अल्लोका कपडा, दोवा, दानाको सिमी, विभिन्न ठाउँका कृषकले उत्पादन गरेका सुन्तला, नांगीका उद्यमीले तयार पारेका सामान, घार र राम्चेको चिज, प्राकृतिक तातोपानी, पिप्लेका चित्रकारको चित्र महोत्सवमा प्रर्दशनी गरिएको छ ।

ढोरपाटन क्षेत्रको आलु, फापरको पिठो, चामल पनी प्रर्दशनी गरिएको छ । यसैगरी सवारी साधन, विभिन्न यन्त्र उपकरण, बैङ्क वित्तिय संस्था, होटल र ब्यापारीक स्टलहरु रहेका छन् । दुई सय वटा स्टलहरु रहेका महोत्सवमा स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीको व्यवस्था गरीएको संघका महासचिव लिलाराम गौतमले बताउनुभयो ।

IMG_3962म्याग्दी जिल्लाको समग्र सम्भावनालाई उजागर गरी स्थानीय उत्पादनको बजारीकरणका साथै कृषि, पर्यटन, जलविद्युत, खनिज क्षेत्रमा लगानी भित्र्याउन सन्देश प्रवाह गराउने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

बेनी देखि पर्यटकीय स्थल लभहिलसम्म घोडा सफारी र कालीगण्डकीमा ¥याफ्टीङ पनि महोत्सवको थप आकर्षण रहेको छ । बेनीदेखि लभहिलसम्म प्रतिव्यक्ति घोडा चढेर जान आउन पाँच सय र जलेश्वर देखि बेनीसम्म कालीगण्डकीमा ¥याफ्टीङ गर्न सात सय रुपैया शूल्क तोकीएको छ । हेलीकप्टरबाट विभिन्न पर्यटकीय स्थलहरुको दृष्य अवलोकन गर्ने व्यवस्था पनी मिलाइएको छ ।

IMG_4002माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख पाहुना भित्र्ने र छ करोडको कारोबार हुने अनुमान गरिएको संघका दितृय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । मुख्य आकर्षणको रुपमा रहेको स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता भने माघ २ गतेबाट सुरु हुने खेलकुद संयोजक सुमन श्रेष्ठले बताउनुभयो ।

IMG_3962महोत्सवमा म्याग्दीको धार्मीक, पर्यटकीय स्थलहरुलाई समेटिएको बृत्तचित्र समेत प्रर्दशनी गरिएको छ । करिब दुई सय वटा तस्विर पनी प्रर्दशनी गरिएको तस्विर तथा वृत्तचित्र प्रर्दशनी संयोजक भोजबहादुर रिजालले बताउनुभयो । म्याग्दीका पत्रकार र फोटो ब्यवसायीहरुले खिचेको तस्विर प्रर्दशनीमा राखिएको छ ।