ताजा समाचार:
Search

दुवै मृगौला गुमाएकी बिष्णुको जीवन बचाउको आग्रह

आज हामी ठिक छौ -सकुसल छौं ,भोलि हामी पनि कुनै दिन दुखमा पर्न सक्छौं अनि हामी पनि
कसैको साथ र साहारा खोज्न बाध्य हुनेछौ । दुखमा साथ दिन भोलि हामीलाई पनि कसैको मन चाहिन्छ । त्यसैले सबैको जिबन बाचुन्जेल हो र बाच्ने चाहाना सबैको हुन्छ ।
हामी सबै नेपाली एक भएर मृत्युसग लड्दै सहयोगको लागी याचना गरीरहेकी नवलपरासी रानीटार निवासी मोतिलाल पोखरेलकी छोरी तथा रुपन्देही जिल्ला सिदार्थ नगरपालिका वार्ड नं ८ निवासी
गोकुल रिमालकी पत्नी बिष्णु रिमाल पोखरेललाई बचाउन सक्छौं ।
२५ वर्षको कलिलोउमेरमा नै दुबै मृगौला बिग्रीएका कारण हाल उनी विर अस्पतालमा उपचाररत छिन् ।डाक्टरहरुले सकभर चाडै नै उनको मृगौला फेर्न सुझाव दिएका छन् । तर घरको न्यून आर्थिक अवस्थाका कारण मृगौला फेर्न सकिरहेको छैन । थोपा– थोपा मिलेर समुन्द्र बन्छ भने झैं, तपाई हाम्रो सानो सहयोगले मृत्युको मुखमा पुगेकी यी एक नेपाली चेलीले नयाँ जीवन पाउने थिइन् । तपाईहरुको सहयोग र साथ अवश्य रहने छ भन्ने आशाका साथ कोरियामा सहयोगका लागि सबै नेपालीहरुमा याचना गरीएको छ । निजका आफन्त जो कोरियामा कार्यरत सुनिल पोखरेललाई सम्पर्क गरि वा तलको खातामा सहयोग गर्न अनुरोध गरिएको छ ।
सहयोगको लागी खाता :-
Account No:- 22130956902018 ( IBK Bank )
Sunil Pokhrel (कोरिया -01048315317
सिधै नेपालमा बिरामीलाई सहयोगका लागी :-
बिष्णु पोखरेल
खाता न . ००१००० ३०९०SR
सेन्चुरी बैंक लि .
सम्पर्क [कमल पोखरेल (९८४७ ०९५४३६ ) बिरामीको दाजु ]