कला संस्कृतिको संरक्षण गर्न म्युजिक भिडियो

विकल्प न्यूज/बेनी
पुस २० गते । Thadakhaniम्याग्दीका गाउँका विषयमा गीत र म्युजिक भिडियो निर्माण गर्ने क्रम बढेको छ । कलाकार, युवा क्लब, आमा समूह र विभिन्न संघ संस्थाले आफ्नो जन्मथलोको बारेमा गीत र म्युिजक भिडियो तयार पार्ने गरेका छन् ।

गाउँको प्रचारप्रसार, कला संस्कृतीको संरक्षण र विभिन्न कार्यक्रमहरुमा अतिथीलाई स्वागत गर्न गीत र म्युिजक भिडियो उपयोगी बनेको छ । म्युजिक भिडियो गाउँको धार्मीक, पर्यटकीय स्थल, ऐतिहाँसीक सांस्कृतीक सम्पदाको प्रचारप्रसार गर्ने माध्यम समेत बनेको छ ।

यसैक्रममा रघुगंगा गाउँपालिका ६ को ठाडखानी गाउँलाई समेटीएका गीतहरुको म्यजिक भिडियो छायांकन गरिएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न बनाईएका आउनुहै ठाडाखानी र छन्त्याल गीत संगै सालैजो भाकाको एक वटा गरि तीन वटा गीतहरुको एकैसाथ म्युजिक भिडियो तयार गर्न लागिएको हो ।

मायाँ तिलिजा र रोशन छन्त्यालको स्वर, प्रवेश छन्त्यालको शब्द र प्रविण छन्त्यालको लयमा तयार गरिएको सालैजो, प्रविण छन्त्यालकै लय तथा शब्द तथा अर्जुन सुनाम र विन्दु परियारको स्वरमा रहेका दर्शन गर्न आउ ठाडाखानीमा, र प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द र देवि घर्ति, डेक छन्त्याल, रोशन छन्त्यालको स्वरमा रहेको छन्त्याल भाषाको खेउमा खाने है बोलका गीतहरुको म्युजिक भिडियो छायांकलन सकिएको छ ।

ठाडखानी र म्याग्दीको उत्कृष्ट धार्मिक स्थल मालिका धुरीमा गरिएको म्युजिक भिडियोमा निर्देशन तथा छायाङ्कन भुपेन बानियाँले गर्नुभएको छ । क्रियटिभ मिडिया प्रोडक्सनले बजार व्यवस्थापन गर्ने सो म्युजिक भिडियोमा दिपीना छन्त्याल र सन्तोष छन्त्यालले प्रमुख कलाकारहको रुपमा नृत्य गरेका छन् भने स्थानीय कलाकारहरुले समेत सो म्युजिक भिडियोमा नृत्य गरेका छन् ।

विशाल गोतामे र अनुप बानियाँले सह–छायांकनको भुमिकामा रहेको सो म्युजिक भिडियोको छायांकनमा राजकुमार परियारले कोरियोग्राफर र सुस्मिता श्रेष्ठले मेकअप रहेको छ । तीन वटै गीतको म्युजिक भिडियोको लागि छायांकनको काम सकिएकाले निकट भविश्यमा नै भिडियोलाई बजारमा ल्याउने निर्देशक बानियाँले बताउनुभयो ।

ठाडाखानी गाउँको म्युजिक भिडियोमा अभिनय गर्दै कलाकारहरु । तस्विर भुपेन बानियाँ, क्रियटिभ मिडीया