एनआरएन कतारको महासचिवमा म्याग्दीका गर्बुजाको उम्मेदवारी

विकल्प /म्याग्दी

पुस २ गते ।

गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद्को २०१५ र १७ कार्यकालको लागि म्याग्दी सेवा समाजका निर्वतनमान अध्यक्ष इन्जिनियर नन्दप्रसाद गर्बुजाले महासचिवमा उम्मेदवारी दिएका छन् । म्याग्दी मराङ स्थायी घर भएका गर्बुजाले विगत जस्तै एनआरएनमार्फत आफ्ना कार्यक्रमहरूलाई कार्यान्वयन गराउन महासचिवमा उम्मेदवारी दिएको बताएका छन् । म्याग्दी सेवा समाजमार्फत म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रमा आर्थिक सहयोग जुटाउन महत्वपुर्ण भूमिका खेलेका गर्बुजा एनआरएनको वर्तमान कार्यसमिति सदस्य समेत हुन् ।

अघिल्लो निर्वाचनमा कार्यसमिति सदस्यमा अत्याधिक मतले विजय भएका गर्बुजा ब्यवसायिक ईन्जिनियर तथा कतारमा रहेका इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर एशोसियनका सचिव समेत हुन् । म्याग्दीबाट प्रवासमा रहेका म्याग्देलीको साझा संस्था मोना आईसीमा समेत आवद्ध रहेका गर्बुजालाई विजय बनाउन म्याग्देलीले अभियान नै संचलन गर्ने म्याग्दी सेवा समाजले जनाएको छ । यसअगाडीको अधिवेशनमा इन्जिनिय, ब्यापारी तथा विभिन्न जातिय संस्थाले समेत उनलाई समर्थन गरेका थिए । यसपटक पनि समर्थन गरेका छन् ।

12386579_10208092796665537_1172209029_n-1

‘एनआरएनको काँधमा धेरै जिम्मेबारी छ । हामीले कतारमा रहेका नेपालीको हकहितसंगै जन्मभुमीमा समेत सहयोग गर्नुछ’ गर्बुजाले बेनीअनलाइनलाई भने । कतारमा रहेका नेपालीको समस्यालाई लिएर समयसमयमा दुतावासमा समेत जाने गरेका गर्बुजाले रोजगारका लागि कतार आउने नेपालीमा ट्राफिक ज्ञान तथा सचेतनाका बारेमा समेत दुतावासको ध्यानर्कषण गराएका थिए ।‘महासचिव भएपछि मैले केही योजनाहरू प्रस्तुत गर्नेछु । कतारमा रहेका नेपालीको समस्या समाधानमा धेरै केन्द्रित हुन्छु’ उनले भने । कतारमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न थालेपछि गर्बुजाले ट्राफिक जनचेतनामुलक अभियान समेत सञ्चालनको योजना बनाएका छन् ।

सक्षम र ब्यवसायीक दक्षताका कारण गर्बुजाको विजय निश्चित रहेको एनआरएनकर्मीको भनाई छ । विश्वकपको तयारीमा रहेको कतारमा नेपाली कमदारको सुरक्षा प्रमुख चुनौतीका रुपमा रहेको छ । भौतिक पुर्वाधार निर्माण तथा सडक दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या बढ्न थालेपछि एनआरएनले यसमा ध्यान केन्द्रित गरेर अभियान सञ्चालन गनुपर्नेमा कतारमा रहेका नेपालीले दवाव समेत दिने गरेका छन् । गत २१ अगष्टमा पहिलो पटक प्रत्यक्ष र १८ सेप्टेम्बरमा दोस्रो पटक अनलाइन मतदान प्रक्रि,या मार्फत निर्वाचन सम्पन्न्न गर्ने गरी भएको तयारी अन्तिम समयमा स्थगित भएपछि न २५ डिसेम्बरमा नेपाली राजदुताबास कतारमा हुने अभिवेशनममा गर्बुजालाई समर्थन गर्ने लहर चलेको छ ।