ताजा समाचार:
Search

सडक बनाउन श्रमदानमा जुट्दै मल्लाजवासी (फोटोफिचर)

सन्तोष गौतम /विकल्प
पर्वत, मल्लाज मंसीर २९ गते ।
सात महिनादेखि सडक सुबिधाबाट बञ्चित म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको पर्वतको मल्लाज बगरफाँटका बासिन्दाहरु श्रमदान गरेर अवरुद्ध सडक खुलाउन जुटेका छन् ।

SG_Myagdi Saramdan 1

कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुबिधाबाट बञ्चित भएका छन् ।

SG_Myagdi Saramdan 3२०७२ जेठ १० गते बैसरीमा पहिरोले थुनिएको कालीगण्डकी खुल्ने क्रममा आएको बाढीले कालीपुल पारी करिब तिस मिटर सडक कटान गरेर बगाएको थियो । पहराको फेदीमा तटबन्द र पर्खाल लगाएर बनाइएको सडक कटान भएपछि सवारी साधन आवत जावत बन्द भएको छ ।

SG_Myagdi Saramdanआवतजावत नै बन्द भएपछि सडक खन्ने बजेटका लागि सरकारी निकायमा गुहारे पनि कुनै सहयोग नपाएपछि अहिले स्थनीयहरु आफै कस्सिएका छन् ।