कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज
मुस्ताङ १७ असोज ।
मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ ।

मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो ।

घाईते हरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जोमसोम ल्याइदै छ । बसमा चालक सहित १८ जना सवार थिए । घटनाबारे थप जानकारी प्राप्त हँुन बाँकी छ ।