मल्लाजकाे काेत मन्दिर पुनः निर्माण

म्याग्दी, १६ असोजFB_IMG_1506925501336जलजला गाउँपालिका–३ मा रहेको ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण भएको छ ।

बाइसेचौबिसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनः निर्माणका साथै थप पूर्वाधार निर्माण भएको हो
FB_IMG_1506925536932मन्दिरको पुनः निर्माण, पूर्वाधार विकास, व्यवस्थापन र संरक्षणका लागि तयार पारिएको गुरुयोजनाअनुसार पछिल्लो दुई वर्षयता रु एक करोड १० लाख लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिएको मल्लाज कोत निर्माण समितिका अध्यक्ष टेकबहादुर जिसीले बताए ।

विसं २०७२ मंसिर २५ देखि पुुुस ५ गतेसम्म सञ्चालित श्रीमद्भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञमार्फत संकलित रकमबाट मन्दिरको पुनः निर्माण, पूजास्थल निर्माण, भवन निर्माण र कोत परिसरको खेलमैदान विस्तार गरी प्याराफिट निर्माण कार्य सम्पन्न भएको छ ।FB_IMG_1506925536932अहिले कोत मन्दिर परिसरमा सचिवालय र व्यावसायिक प्रयोजनका लागि भवन र प्रवेशद्वार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब ५०० वर्ष पुरानो कोत मन्दिर बाइसेचौबिसे राज्यका पालामा तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरेका थिए ।

कोत मन्दिरको जीर्णोद्धार गरी नयाँ संरचना निर्माण भएपछि पूजा व्यवस्थापनमा सहज हुनाका साथै मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग मिलेको कोत मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर जिसीले बताए ।

हरेक वर्षको रामनवमी र बडा दशैँको समयमा पूजाआजा हुने उक्त कोत मन्दिरको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । कोतमन्दिर प्रतिको धार्मिक विश्वास, ऐतिहासिकस्थल, मल्लाज दरबार र म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिक हुनु, पदमार्ग र सडकको सुविधा भएकाले यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।

कोत मन्दिर नजिकै रहेको ऐतिहासिक मल्लकालीन दरबारको पुनः निर्माण भइसकेको छ । उक्त स्थानबाट धौलागिरि हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

कोत मन्दिरमा भक्तजन तथा पर्यटक भित्र्याउनका लागि म्याग्दी बेनीको कालीपुलदेखि डिलफाँटसम्म निर्माण भएको पक्की सिँढी सहितको पदमार्गलाई कोतसम्म नै विस्तार गर्नुपर्ने आवश्यकता छ । लाेकान्तरबाट