ताजा समाचार:
Search

कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते

सन्तोष गौतम/ विकल्प न्युज
बेनी १६ असोज ।

IMG_8856म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा रिफर गरिएको छ ।

मंगला गाउँपालीका ३ पखेरका १९ वर्षिय वुद्धीमान थापा, बेनपा ४ का नवीन घर्ती,
मंगला ३ का २४ वर्षिय रसीव केसी, १६ वर्षिय सुमन थापा, १६ वर्षिय सुजन थापा र १७ वर्षिय सुमन थापालाई रातीनै मणिपाल शिक्षण अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेनपा ४ का १६ वर्षिय ईन्द्र किसानको बेनी अस्पतालमा उपचार भैरहेको छ ।  मेलामा भलिबल खेलेर घर फर्कदै गरेका खेलाडी चढेको गाडी ओरालो घुम्तीबाट दुई सय मिटर तल खसेको थियो । स्थानीयबासी, प्रहरी र यातायात ब्यवसायीले घाइतेलाई उद्धार गरि अस्पताल ल्याएका थिए ।
जिपको पछाडी बसेका फरम हमालले जिप पल्टीन थालेपछि आफू हाम फालेर झरेको बताउनुभयो । “हामी पछाडी बसेका जिप पल्टीन थालेपछि हाम फाल्यौ” हमालले भन्नुभयो “हेर्दा हेर्दै जिप पल्टीयो ।”