संघ र प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रद्धारा उमेद्वार सिफारिस

सन्तोष गौतम/विकल्प न्यूज
असोज १२ गते ।

maoistआगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले उमेद्वारको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारिस गरेको हो ।

मंसिर १० गते पहिलो चरणमा चुनाव हुन लागेको म्याग्दीमा संघमा एक र प्रदेशमा २ वटा निर्वाचन क्षेत्र रहेको छ । संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पुर्व सभाषद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमीरेलाई सिफारीस गरिएको सचिवालय सदस्य शेरबहादुर केसीले जानकारी दिनुभयो ।

यसैगरी समानुपातीकतर्फ विश्व सेन मल्ल र यामन रोकाको नाम सिफारीस भएको छ । प्रदेश सभाको क्षेत्र नम्बर १को प्रत्यक्षतर्फ सुवास बिक र हरि भण्डारी, २ मा पुनम खड्का, याम रोका र राजेन्द्र शेरचनलाई सिफारीस गरिएको छ ।

प्रदेशको समानुपातीकतर्फ क्षेत्र नम्बर १ मा ईन्द्रबहादुर पुन, हेमा छन्त्याल र लालकुमारी पुन तथा क्षेत्र नम्बर २ बाट टेकबहादुर बिक र होमलाल पुनको नाम सिफारीस भएको छ । प्रदेशसभाको क्षेत्र नम्बर १ मा बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका तथा क्षेत्र नम्बर २ मा मंगला, मालीका र धौलागिरी गाउँपालीका रहेका छन् ।

संघको निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र ४५ वटा वडा रहेको म्याग्दीमा बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा ७१ हजार ३६३ जना मतदाता रहेका थिए । नेपाली काँग्रेस र नेकपा एमालेले पनि उमेद्वार सिफारीसको प्रक्रिया अघि बढाएको जनाएका छन् ।