बेनीका मासु पसल फोहोरी, सुधार गर्न अनुगमन टोलीको चेतावनी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ असोज ।
सदरमुकाम बेनीमा सञ्चालीत मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ । बेनी नगरपालीकाको समन्वयमा भएको अनुगमनका क्रममा अधिकांश व्यवसायीले मापदण्ड पुरा नगरेको पाइएको छ । IMG_8520जिल्ला प्रशासन, प्रहरी, पशु सेवा, नगरपालीका कार्यालय र जनप्रतिनिधिहरुको टोलीले बेनीमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरेको थियो । ब्यवसाय दर्ता, पशु बध स्थल र बिक्री कक्षको सरसफाईमा व्यवसायीले अटेरी गरेको अनुगमनमा सहभागी बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो ।

खुल्ला रुपमा अस्वस्थ्य मासु बिक्री गर्ने, दर्ता नभएका र फोहोर भेटीएका १२ वटा मासु पसललाई सुधारका लागि निर्देशन दिएको बरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो । यस्तै पन्थी डेरी उद्योगको बेनी अस्पताल चोक स्थित बिक्री कक्षमा राखिएको उपभोग्य मिती उल्लेख नभएको ४२ पोका (२१ (लिटर) दूध नष्ट गरिएको छ । IMG_8497सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले पटक पटक निर्देशन दिदाँ समेत अटेरी गर्ने व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो । धेरैजसो व्यवसायीले पशुपंक्षी ओसार, पसार र बध गर्नका लागि स्वास्थ्य परिक्षण गर्नुपर्ने नितीगत ब्यवस्था पालना गरेका छैनन् ।

IMG_8504म्याग्दीमा २४ वटा मासु पसल दर्ता भएका छन् । केही तरकारी, किराना र होटलमै मासु बिक्रीमा राखेको पाइएको छ । सदरमुकाम बाहीरका बजारमा सञ्चालित मासु पसलहरु कानुनी दायरामा आउन सकेका छैनन् । पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा वार्षिक एक हजार ८०६ मेट्रिक्टन मासु खपत हुन्छ ।