ताजा समाचार:
Search

काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी असोज ६ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।kavre bhirसडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ मुस्ताङको कागबेनीमा सोह् श्राद्ध गरेर घर फर्कन लागेका तिर्थयात्री, आन्तरीक तथा बाह्य पर्यटक र स्थानीय बासिन्दा बाटोमै अलपत्र परेका छन् ।

 

जोमसोमबाट बेनीतर्फ आउने सवारी साधन घाँसा र बेनीबाट जोमसोमतर्फ जान हिडेका सवारी साधन काभ्रेमा रोकीएका छन् । कोप्चेपानी पहिरोथाप्ला घाँसा बैकल्पीक मार्गबाट यात्रुहरु ओहोरदोहोर गरेपनी सवारी साधन ठप्प भएका बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रशिङ शेरचनले बताउनुभयो ।File Photo Of Kavre Vir Pahairo Gayako Place (1)फाइल तस्विर

डेढ देखि दुई घण्टा घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता रहेको छ । पहिरो पन्छाउन २ वटा डोजर परिचालन गरिएपनि शुक्रबार दिउँसोसम्म सडक खुल्न सकेको छैन् । निरन्तरत पहिरो खसेकाले सडक खुलाउन समस्या भएको छ ।

पहिरो गएको ठाउँबाट मानिसहरु समेत आवत जावत गर्न कठिन छ । यात्रुहरुलाई खाने बस्नेको समस्या भएको छ । तिर्थयात्रा, पर्यटक र स्याउ ढुवानीको मुख्य सिजनमा पहिरो जाँदा मुस्ताङको जनजिवन प्रभावित भएको छ ।