ताजा समाचार:
Search

तेस्रो वौद्ध कपको उपाधी आयोजकको पोल्टामा

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ५ असोज । DSC_0161बेनीमा बिहीबार सम्पन्न धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को उपाधी आयोजक वौद्ध युवा क्लब मंगलाघाटले जितेको छ ।    DSC_0160 कालीपुल युनाईटेड क्लब (बल्याक) लाई फाईनलमा शून्यका विरुद्ध तिन गोल गर्दै आयोजकको (एल्लो) समूह बिजयी भएको हो । पहिलो हाफमा तिन गोल गरेको वौद्धलाई दोस्रो हापमा दवाबमा पारेको कालीपुल गोल गर्न भने सकेन् । DSC_0159बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सेमिफाईनलबाट बाहिरीएका एभरग्रिन र म्याग्दी प्रहरीले दश हजार रुपैयाँ प्राप्त गरेका छन् । म्याग्दी प्रहरीले अनुशासीत टिमको उपाधी सहित थप पन्ध्र हजार रुपैयाँ पनि पाएको छ । DSC_0149कालीपुलका रमन श्रेष्ठ सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी, वौद्धका बजय सिङ उत्कृष्ट डिफेण्डर, वौद्धका बिमल थापा उत्कृष्ट गोलरक्षक, कालीपुलका किरन भट्टराई उत्कृष्ट मिडफिल्डर र वौद्धका टोप बिष्ट उत्कृष्ट स्ट्राईकरको उपाधी सहित नगद छ हजार रुपैयाँका दरले पुरस्कृत भए भने वौद्धका लाल म्यान अफ द म्याच घोषीत भए ।

वौद्ध युवा क्लबका अध्यक्ष बिजय किसानको अध्यक्षता र पुर्व सचिव श्यामसुन्दर कडेलको सञ्चालनमा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सेमीफाईनलमा एभरग्रिन युवा क्लब न्युरोडसंग भिडेको वौद्ध एभरग्रिन मैदानबाट बाहिरीएपछि स्वत फाईनलमा पुगेको थियो । रेफ्रिले एभरग्रिनका खेलाडी रेमन मगरलाई दुई पटक पँहेलो र एक पटक रातो कार्ड देखाएपछि उत्पन्न बिवादका कारण एभरग्रीनका खेलाडी मैदानबाट बाहीरिएको थिए । बिवाद अघिसम्म दुवै तर्फबाट एक एक गोल भएको थियो । DSC_0127 एभरग्रिन युवा कल्वका अध्यक्ष ललित पुर्जाले रेफ्रिले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् भने आयोजक लचिलो भएर प्रस्तुत हुदाँ समेत खेल अनुशासन उल्लङघन गर्दै अनावश्यक बिवाद निकालेकाले यस्तो निर्णय गर्नुपर्ने बाध्यतापूर्ण अवस्था आएको प्रतिक्रिया दिएका छन् ।

कालीपुल युनाईडेटले सेमीफाईनलमा म्याग्दी प्रहरीलाई शून्यका विरुद्ध एक गोल गर्दै फाईनलमा पुगेको थियो । दसै पर्वको अवसरमा वौद्ध युवा क्लबको आयोजना र मंगला आमा समूहको सहआयोजनामा असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टिमले सहभागीता जनाएका थिए । सो प्रतियोगिताको पुरस्कार राशी धौलागिरी क्षेत्रमा हालसम्म आयोजित प्रतियोगिता मध्यको सबैभन्दा बढी रहेको आयोजकले दावी गरेका छन् ।