तेजेन्द्र थापाद्धारा शान्तिकोषलाई एकलाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ असोज ।
म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई एक व्यक्तिले आईतबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग गर्नुभएको छ । IMG_7976 गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष तेजेन्द्र थापाले सो रकम सहयोग गर्नुभएको हो ।

बेनीमा आयोजित कार्यक्रममा तेजेन्द्र र उहाँकी श्रीमती बिष्णु थापाले कोषका अध्यक्ष राजेश शाक्यलाई एक लाख एक हजार ५०० रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा थापाले नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागि उपाध्यक्ष ठाकुरप्रसाद आचार्यलाई दुई हजार रुपैयाँ उपलब्ध गराउनुभएको थियो । IMG_7978ओमकुमारी शान्ति कोषको परोपकारी कार्यबाट प्रभावित भएर सहयोग गरेको थापाले बताउनुभयो । थापाको कार्यकालमा बहराईनमा आयोजित कार्यक्रम मार्फत ओमकुमारी शान्ति कोषका लागि नौ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने थप ८ लाख रुपैयाँ भन्दा बढी संकलनको क्रममा रहेको छ ।

कोषका अध्यक्ष शाक्यले डेढ करोडको अक्षयकोष स्थापना गर्ने अभियान २०७५ भित्र सम्पन्न गर्ने गरी अभियान तिब्र बनाइएको बताउनुभयो । स्वदेश तथा बिदेशमा रहेका संस्था र व्यक्तिहरुबाट डेढ करोडको अक्षयकोषका लागि करिब आधा रकम संकलन भएको कोषले जनाएको छ ।

पाँच सय जना भन्दा बढीले पाँच हजार पाँच सय रुपैयाँ सहयोग गरेर आजिवन सदस्यता लिएका छन् । संरक्षक सदस्यता लिन व्यक्तिले दुई लाख र संस्थाले तिन लाख रुपैया भन्दा बढी सहयोग गर्नुपर्ने व्यवस्था छ ।
हाईपोपलास्टिक एनिमीया रोगले थलीएकी बेनपा ४ की ओमकुमारी शान्ति कोषको उपचारका लागि संकलन भएर बचत भएको रकम उनको मृत्यु पश्चात कोष स्थापना गरिएको थियो । कोष मार्फत ४० जना भन्दा बढी जटिल रोगका बिरामीहरुको उपचारका लागि हालसम्म पचहत्तर लाख रुपैयाँ भन्दा बढी सहयोग जुटाएर उपलब्ध गराइएको छ ।