नाकाबन्दीको सामना गर्दै न्यू वेष्ट प्वाईन्टको बायोग्यास

विकल्प न्यूज /म्याग्दी

मंसीर २४ गते । बेनी बजारमा रहेको न्यू वेष्ट प्वाईन्ट विद्यालयमा वायो ग्यास जडान गरिएको छ । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव भएपनि यहाँ खाना पकाउनका लागि कुनै चिन्ता छैन । विद्यालयमा सिर्जना हुने फोहोरजन्य पर्दाथबाट यहाँ बायो ग्यास निकालिएको छ । १० घनमिटरको बायो ग्यासले महिनामा ३ देखि पाँचवटा शिलिन्डर ग्यास सम्मको काम गर्ने गरेको होस्टेलका इन्चार्ज दिपेन्द्र राइले बताउनुभयो ।

DSC07351 एकबर्ष अगाडी ब्यवस्थापन समितिले करिव ४ लाख रुपियाँको लगानीमा स्थापना गरेको बायोग्याँसले होस्टेलमा वस्ने दुइसय ४० विद्यार्थीहरुलाई खाना पकाउन पुगेको राइले बताउनुभयो । ‘नियमित प्रयोग गरिरहेका छौ । होस्टेका विद्यार्थीलाई भात बाहेक यसमा अन्य कुराहरु पकाउँछौ’ उनले भने । राईले यसलाई प्रयोग गर्ने वातावरण बनाए हरेक नेपालीको घरमा यसको प्रयोग गर्न सकिने बताए ।

DSC07359

बायोग्यास जडान गरिएपछि दाउराको आधा खपत घटेको छ । होस्टेलमा रहेका विद्यार्थीलाई चिया, तरकारी र खाजा बनाउन सहज भएको छ । सबै विद्यार्थीले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्यांकीनजिकै प्रशोधन यन्त्रमार्फत भान्छाकोठामा ग्यासको चुलो जडान गरिएको छ । विद्यार्थीले फोलेका खानालाई समेत प्रयोग गर्ने गरिएको छ । बायोग्यासले वातावरण प्रदूषण हुनबाट समेत जोगाउने गरेको छ । दाउराको अभाव भइरहेको अवस्थामा बायोग्यास उपयुक्त विकल्प बनेको विद्यालयले जनाएको छ । चिसोयाममा भन्दा गर्मीयाममा बढी ग्यास उत्पादन हुने गरेको छ ।