थाली नाचको म्युजिक भिडियो सार्वजनिक

नवराज तामाङ ।

बिहानी डिजिटल प्रालिको प्रस्तुतिमा दिलकुमारी राजाली गर्वुजाको “थाली नाच” गीतको म्युजिक भिडियो युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।231065547received_731783513673835कला संस्कृतिको धनी देशमा विभिन्न मौलिक पररम्पराहरु रहेको हाम्रो देशमा जातजाति धर्मको आ–आफ्नै परम्परा र संस्कृतिहरु छन् । यस्तै मध्येका थाली नाच पनि एक हो। बिशेष गरी म्याग्दी र आसपासका जिल्लाहरुमा ‘थाली नाँच’ नाच्ने प्रचलन छ । निकै रोचक र आकर्षक थाली नाच म्याग्दीमा मात्र सीमित नभई हाल भने देश विदेशमा समेत पुगिसकेको छ । थाली नाचमा नाच्ने व्यक्तिले हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नाच्छन् ।

मोडेल दिलकुमारी रामजाली गर्वुजाको लगानीमा ‘थाली नाँच’को म्युजिक भिडियो तयारी पारेकी छिन् । राम गगनको निकै मिठो मौलिक लय र शब्दमा तयार भएको गीतमा मिना गर्वुजा र लाली बुढाथोकीले निकै मिठो स्वर भरेका छन ।

बिहानी डिजिटलले बजार ल्याएको यस म्युजिक भिडियोलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । दिलकुमारी रामजाली गर्वुजा,जालामाया  बुढाथोकी, पानु रोक्का, मिरा राम्जाली, र किस्मत तामाङको उत्कृष्ट अभिनय रहेको भिडियोलाई उमेश गुरुङले निर्देशन गेरेको छ । मधुर बस्नेतको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ । sailungonline