ताजा समाचार:
Search

यसरी भइरहेको छ मिस्त्रीखोला जलविद्युत अयोजनाको निर्माण (फोटोसहित)

विकल्प न्यूज/बेनी
भदौं १३ गते । mistrikhola 4म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । आगमी दुइवर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले निर्माण कार्यलाई तिव्रता दिएको हो । mirstri khola 5रोवष्ट ईनर्जी लिमीटेडद्धारा निर्माण गर्न लागेको मिस्त्रीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनि हाई हिमाल हाईड्रो कन्ट्रक्सनले बाँध, सुरुङ र विद्युतगृहको निर्माण कार्य एकै साथ अघि बढाएको छ । वर्षातका समयमा पनि निर्माण कार्यलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।mistrikhola 2बाँधतर्फ ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भुमिगत पोखरी निर्माणको काम ७५ प्रतिशत सकिएको आयोजनाको परामर्शदाता हाईड्रो कन्सल्ट्यान्ट इन्जिनियरिङका आवशिय इन्जिनियर दिवाकर खड्काले बताउनुभयो । आयोजना निर्माणका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गरिएको इन्जिनियर खड्काले बताउनुभयो । मध्य वर्षामा पनि निर्माणको कार्यलाई तिव्ररुपमा अगाडि वढाइएको उहाँले बताउनुभयो । mistri khola 1निलगिरी र घलेम्दी खोलाको दोभानमा २५ मिटर अग्लो बाँध बनाउन दुईतर्फ पहाड काट्ने काम सकिएको छ । हिउँद लागेपछि सुरुङबाट पानी डाईभर्सन गराई बाँध बनाउने इन्जिनियर खड्काले बताउनुभयो । दुई हजार ३०० मिटर सुरुङ मध्य बाँधतर्फबाट ५१८ र फोरवेतर्फबाट ४४० मिटर सुरुङ निर्माण भएको छ ।

४ मिटर चौडाई र ४.२ मिटर अग्लो सुरुङभित्रै एक्साभेटर, ट्रिपर लगेर काम गरिएको छ । नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा रहने विद्युतगृह निर्माण पनि संगै अघि बढेको छ । आयोजनाका सवै काम एकसाथ अघि वढेकाले तोकिएको समय भित्रै निर्माण सम्पन्न हुने विश्वास लिएको इन्जिनियर खड्काले बताउनुभयो । आयोजना निर्माणमा स्थानीयहरुको सहयोग रहेको उहाँले बताउनुभयो । आयोजनाका कारण रोजगारी सिर्जना हुनुका साथै धेरै अवसरहरु सिर्जना हुनेभएकाले स्थानीयहरुमा उत्साह छाएको इन्जिनियर खड्काले बताउनुभयो ।

विद्युतगृहमा तिन हजार घनमिटर ढलान गर्नुपर्नेमा २६ प्रतिशत ढलान भइसकेको इन्जिनियर खड्काले जानकारी दिनुभयो । हाल दैनिक २५७ जना मजदुरले काम गरिरहेको आयोजनामा हिउँदमा जनशक्ति थपेर कामलाई तिब्रता दिने योजना भएको आयोजनाले जनाएको छ । mistrikhola 1बेशीगाउँको शिरानमा रहने फोरवेदेखि विद्युतगृहसम्मको दुरी एक हजार ८०० मिटर र हेड ३०५ मिटर रहेको छ । सन २०१६ को जुन ३० मा कार्यक्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले २०१९ को फेब्रअरी सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण गरेको छ ।
पाँच अरब ६४ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनाको लागि लगानी जुटीसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताउनुभयो । संस्थापकहरु बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कसंग ७० करोड, जलविद्युत विकास कम्पनीसंग एक अरब र नेपाल बैंकसंग ५० करोड ऋण सम्झौता भएको छ ।DSC_1245यसैगरी नविल बैंकबाट एक अरब, लक्ष्मी बैंकबाट ४० करोड, सिद्धार्थ बैंकबाट ३० करोड र एस डेभलभमेन्ट बैंकबाट ३० करोड ऋण लगानीका लागि सम्झौता भएको छ । मिस्त्रीखोलाले वि.स २०६४ मा निर्माणका लागि अनुमती पाएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाईन र दाना सब स्टेशन निर्माण सुरु गरेपछि नौ वर्षसम्म रोकीएको मिस्त्रीखोलाको निर्माण कार्यले तिब्रता पाएको हो । ठाकुरप्रसाद आचार्य