सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी उत्साही समुहलाई

विकल्प न्यूज/बेनी
भदौ ११ गते ।
बेनी नगरपालिका १ रत्नेचौरमा आइतवार सम्पन्न सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी पर्वत बेनीको उत्साही समुहले हात पारेको छ । 21147173_1366113533456967_451926710_o(1)रत्नेचौर फुटबल क्लब ए लाई एक का विरुद्ध दुई गोलले हराउँदै उत्साही समुहले उपाधी जितेको हो । सेमी फाईनलमा रत्नेचौर फुटबल क्लबले आरवाइसी टिमलाई ० का विरुद्ध ५ गोल र युनाइटेड लस्तीलाइ १ का विरुद्ध २ गोल गर्दै पर्वत बेनीको उत्साहित समुह फाइनलमा प्रवेश गरेका थिए । Ratnechour (5)बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद दश हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।  बुधवार देखि सुरु भएको प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका ३३ टिमको सहभागिता रहेको थियो । हरितालिका तिजका अवसरमा रत्नेचौरका युवाहरुले फुटबल प्रतियोगिता आयोजना गरेका हुन । खेलले युवाहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्नुका साथै सामाजिक कार्यमा युवाको अग्रसरता वृद्धि गर्न सहयोग पुगेको भानु माविका प्रधानाध्यापक भरत केसीले बताउनुभयो ।