ताजा समाचार:
Search

रत्नेचौरमा जारी सेभेन ए साईड कप फुटबल प्रतियोगिताको फाइनल सुरु

विकल्प न्यूज/बेनी
भदौ ११ गते ।
बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि जारी सेभेन ए साईड कप फुटबल प्रतियोगिताको फाइनल खेल सुरु भएको छ ।
रत्नेचौर फुटबल क्लब ए र पर्वत बेनीको उत्साहित समुह विच फाइनल खेल सुरु भएको हो ।
रत्नेचौर फुटबल क्लबले आरवाइसी टिमलाई ० का विरुद्ध ५ गोल गरेको थियो भने युनाइटेड लस्तीलाइ १ का विरुद्ध २ गोल गर्दै पर्वत बेनीको उत्साहित समुह फाइनलमा प्रवेश गरेको हो । Ratnechour (5)रत्नेचौर फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभयो । उहाँले रत्नेचौर खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार निर्माण गरेर नियमित खेलकुद गतिबिधि सञ्चालन गर्न पहल गरेको बताउनुभयो ।

प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका ३३ टिमको सहभागिता रहेको छ । बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद दश हजार र पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।