ताजा समाचार:
Search

बालजागृतीमा भवन निमार्ण सुरू

सन्ताेष गौतम / विकल्प न्युज

बेनी १० भदौ । बेनी नगरपालीका ६ मा रहेको बालजागृती आधारभुत विद्यालयको वौद्धिक अपाङगता स्रोत कक्षाको छात्रावास भवन निर्माण सुरु भएको छ । तिन कोठे एक तले भवन निर्माण योजनाको शनिबार बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । शिलन्यासपछि आयोजित कार्यक्रममा समयमै गुणस्तरीय रुपमा भवन निर्माणका लागि सरोकारवालालाई नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो । IMG_2025

भवन निर्माण समितिका अध्यक्ष तेजबहादुर बानीयाको अध्यक्षता, प्रअ भक्त कार्कीको सञ्चालन र निर्माण समितिका सचिव मिनबहादुर बानियाले ठेक्का प्रक्रियामा ढिलाई हुदाँ समयमै भवन निर्माण कार्य अघि बढाउन समस्या भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, बेनपा ५ का अध्यक्ष लक्ष्मण बानिया र अपाङग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले मन्तब्य व्यक्त गर्नुभएको थियो । पलान ईन्टरनेशनल नेपालको सहयोगमा आपङ्ग संघ म्याग्दीद्धारा सञ्चालित समावेशी शिक्षा प्रर्वद्धन परियोजना अन्तरगत भवन निर्माण हुन लागेको हो ।

पलान ईन्टरनेशनलको ५५ लाख ६२ हजार १८ रुपैया सहयोग र समुदायको दुई लाख पाँच हजार ७९३ रुपैया बराबरको श्रमदानमा भवन निर्माण हुन लागेको संघका कार्यक्रम अधिकृत राम पौडेलले बताउनुभयो ।
छात्र, छात्राका लागि छुट्टा छुट्टै एक, एक वटा आवास कोठा, एक वटा किचन, एट्याच बाथरुम, अपाङ्गतामैत्री ¥याम्प सहितको एक तले भवन निर्माणका लागि शेर्पा कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएको छ । आगामी पुष महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि समय अपुग हुने निर्माण कम्पनीका प्रतिनिधि र निर्माण समितिले बताएका छन् ।
बलजागृती आधारभुत विद्यालयमा अध्ययनरत वौद्धीक अपाङ्गता भएका बालबालीकाहरुको आवासीय सुबिधाका लागि निर्माण हुन लागेको भवनको क्षमत्ता तिस जनाको छ । वि.स २०६८ देखि सञ्चालित स्रोत कक्षामा हाल २० जना वौद्धीक अपाङ्गता भएका बालबालीकाहरु अध्ययनरत छन् ।