एभरग्रीनद्धारा पहिरो पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी
भदौ १० गते ।
एभरग्रीन युवा क्लब बेनीले पात्लेखेतका पहिरो पीडितलाई शनिबार राहत स्वरुप नगद सहयोग गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व बहन गर्ने अभियान अनुसार, बेनी नगरपालिका–१० पात्लेखेतमा केहि समयअघिको अविरल बर्षाका कारण घरबारबिहिन भएका पाँच घर पहिरो पीडितलाई नगद ५/५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् ।

क्लबका अध्यक्ष ललित पुर्जा सहित पदाधिकारी र सल्लाहकार टोलीले राहत स्वरुप पीडितहरुलाई सहयोग गरेका हुन् । राहुघाट नदीको कटान र भूमिगत पानीका कारण पात्लेखेतमा केहिबर्ष यता निरन्तर पहिरो खस्ने क्रम रोकिएको छैन । दुईहप्ताअघि पहिरो खस्दा १५ घर विस्थापित भएका थिए । Evergreen

उनीहरुलाई बेनी नगरपालिका, दैवी प्रकोप उद्धार समिति म्याग्दी, ओमकुमार शान्ति कोष लगायतका संघसंस्थाले राहत उपलब्ध गराएका थिए । क्लबका सल्लाहकार सनम बानियाँले पहिरो पीडित खिमबहादुर सार्की, खम्बी गर्बुजा, हरि गर्बुजा, बिमला नेपाली र लालबहादुर हमलालाई ५/५ हजार रुपैयाँ सहयोग गरिएको बताए । पीडितहरु आफन्त कहाँ आश्रय लिएर बसेका छन् । राहत वितरणका लागि क्लबका अध्यक्ष पुर्जाको नेतृत्वमा सल्लाहकार पुर्जा, बिक्रम बोगटी, कुमार तिलिजा, विश्वास श्रेष्ठ र विशाल खत्री लगायतको टोली पात्लेखेत पुगेका थिए ।