ताजा समाचार:
Search

मंगला गाउँपालिका २ रणवाङमा हँसिया प्रहार गरी मजदुरको विभत्स हत्या

विकल्प न्यूज/बेनी
भदौ १० गते । म्याग्दीको मंगला गाउँपालिका २ रणवाङ सहश्रधारामा एक मजदुरको हसियाँ प्रहारबाट गयराती विभत्स तरिकाले हत्या भएको छ ।
सहश्रधारामा निर्माणधिन मालिका बोडिङ स्कुलमा मजदुरी गर्दै आएका ताप्लेजुङ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारीवेनीमा बस्दै आएका ४७ बर्षिय सुमन खड्कालाई उनीसंगै काम गर्दै आएका साथीले हँसीया प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गयराती खड्कालाई उनीसंगै काम गरि संगै बस्दै आएका चितवन सारदानगर–८का ३० बर्षिय अशोक तामाङले हँसिया प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीको हत्या गरेका तामाङलाई ईलाका प्रहरी कार्यालय दरवाङबाट खटीएको प्रहरी टोलिले घटनास्थलबाटै नियन्त्रणमा लिएर आबश्यक अनुसंधान प्रकृया अगाडी बढाएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । प्रहरीले साथीबाट हत्या गरिएका खड्काको सबलाई परिक्षणको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।