आकस्मीक यातायात लागि ट्याक्सीको सेवा प्रभावकारी

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १० भदौ । taxi म्याग्दी ट्याक्सी व्यवसायी समितिको दसौ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।
साधारणको उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले यातायात सेवालाई सुरक्षित, व्यवस्थित, गुणस्तरीय र मर्यादीत बनाउनुपर्ने बताउनुभयो । नगर प्रमुख श्रेष्ठले व्यवसायिक भावनाका साथै सामाजिक उत्तरदायीत्वलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । 21034597_1657117687645794_1353610928004825495_nकार्यक्रममा ट्याक्सी व्यवसायीहरुले बेनी पोखरा रुटमा सेवा दिन अस्थाई रुट परमिटर लिन बागलुङ जानुपर्दा झन्झटीलो प्रक्रिया भएको र सडकको जिर्ण अवस्थाका कारण मर्का परेको गुनासो गरेका थिए ।

समितिका संस्थापक अध्यक्ष बिनोद केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका पुर्व प्रमुख बिकास तिमिल्सीना, म्याग्दी बस तथा जिप व्यवसायी समितिका कार्यबाहक अध्यक्ष लालबहादुर थापा (माईकल), नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष तारानाथ शर्मा र पोखरा बेनी ट्याक्सी ईकाई समितिका अध्यक्ष सुरथ पौडेलले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।21106691_1657118010979095_6201778888091006768_nअनुशासीत र कुशल तिन जना चालकलाई नगद सहित सम्मान गरिएको थियो । बेनी पोखरा रुटका सुमन रोका, बेनी जोमसोमका शुनिल शेरचन र बेनी दरवाङका राजु पुनलाई नगद दुई हजार रुपैया सहित सम्मान गरिएको हो । यसैगरी पुर्व जिल्ला ट्राफिक प्रमुख विकास तिमिल्सीना र संस्थापक अध्यक्ष बिनोद केसीलाई पनि सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष दलबहादुर पुनको अध्यक्षता, महासचिव भोजबहादुर थापाको सञ्चालन र उपाध्यक्ष टिका पुर्जाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दी ट्याक्सी व्यवसायी समिति अन्तरगत हाल १२८ वटा ट्याक्सीले सेवा दिदै आएका छन् । आकस्मीक यातायात सेवाका लागि ट्याक्सी सेवा प्रभावकारी बनेको छ ।