ताजा समाचार:
Search

बाँकेका वाढीपीडितलाई साथ दिन पुग्यो ओमकुमारी शान्तिकोष

विकल्प न्यूज/बेनी
भदौं १० गते । 21078633_633330260209466_635278642085004603_nम्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोष तराईका वाढीपीडितहरुलाई साथ दिन घरमै पुगेको छ । कोषले वाढीप्रभावित परिवारलाई घरमै पुगेर राहत वितरण गरेको छ । हालै मात्र आएको वाढीका कारण प्रभावित भएको वाँके डढुवा गाउँपालिकाको वाड नम्बर १ खडैचा र कधाईमा पीडितहरुलाई कोषद्धारा राहत वितरण गरिएको हो ।  कोषले वाढीपीडितहरुका लागि छ सय २२ थान झुल र टुथपेष्ट, ब्रस १०० पिस वितरण गरेको कोषका कोषाध्यक्ष खम थापाले बताउनुभयो । कोषका कोषाध्यक्ष थापाको नेतृत्वमा सदस्य नन्द पुन र पत्रकार धिरन खत्री राहत लिएर बाँके पुगेका हुन ।
वाढीपीडितका लागि मोना युएईले उपलब्ध गराएको एकलाख पचास हजार रुपियाँ र कोषका पदाधिकारीहरुबाट संकलित  गरि करिव ३ लाख रुपियाँ वरावरको राहत वितरण गरेको कोषाध्यक्ष थापाले जानकारी दिनुभयो ।

21078381_633330400209452_8638459979437736507_nगाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी र नेपाली काँग्रेस जिल्ला सभापति किरण कोइराला र तरुण दल सहसचिव विमल चनले राहत वितरणमा सहजीकरण गर्नुभएको राहत वितरण गर्न पुग्नुभएका म्याग्दीका पत्रकार धिन खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार वाढी प्रभावित क्षेत्रमा अझै राहतको आवश्यकता छ । तराईका वाढीपीडितहरुको घाउँमा मलम लगाउन एकजुट हुन कोषका अध्यक्ष राजेश शाक्यले सवैमा अनुरोध गर्नुभएको छ । भोलीका दिनहरुमा पनि वाढीपीडितको सहयोगका लागि कोषलाई प्राप्त हुने राहत प्रभावितको घरमै पुगेर वितरण गरिने उहाँले बताउनुभयो ।