सरसफाइमा नमुना बन्दै झीँ गाउँ (फोटो फिचर सहित)

DSC07221

विकल्प न्युज /म्याग्दी
मंसीर २३ गते । म्याग्दीको झीँ गाउँ सरसफाईमा नमुना बन्दै जान थालेको छ । अधिकांश जनजाति समुदाय वसोवास गर्ने झीँका स्थानीयहरुले व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिन थालेपछि गाउँ नै सफा र स्वच्छ हुनथालेको हो । होमस्टे गाउँका रुपमा समेत चिनिन थालेको झीँका स्थानीयहरु गाउँलाई सफा,स्वच्छ र सुन्दर बनाउने अभियानमा जुटेका छन् ।
गाउँमा रहेका दुइसय ९९ घरधुरीहरुमा शौचालय निर्माण, प्रयोग, आधारभूत खानेपानीको पहुँच, स्वास्थ्य सेवा,सुधारीएको चुलोको प्रयोग र व्यक्तिगत तथा वातावरणीय सरसफाई लगायतका सरसफाईका सुचकहरु यहाँका स्थानीयहरुले पालना गरेका छन् । गाउँमा रहेका सार्वजनिक स्थलहरुलाई पनि सफा र स्वच्छ राख्नका लागि स्थानीयहरु जुटेका छन् ।

DSC07262
हात धुने, घरायसी पानी शुद्धिकरण बिधी, चर्पीको प्रयोग, घरयासी सरसफाई, भान्सा कोठाको सरसफाई वातावरणीय, संस्थागत सरसफाई, फोहोर विसर्जन, व्यक्तिगत सरसफाई लगायतका मापदण्डहरुका वारेमा मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले विगत एकवर्ष देखि स्थानीयवासीहरुलाई सचेत गराउँदै आएको छ । सुआहारा कार्यक्रमले यहाँका प्रत्येक घरहरुमा सरसफाई अंकित सुचक भएका स्टिकरहरु टाँसेको छ ।

DSC07261
गाउँका अधिकांश घरधुरीका वासिन्दाहरुले सरसफाईका सुचकहरु पुरा गरेको जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभएको छ ।
पक्की शौचालयहरुको नियमित सरसफाई र आधारभूत खानेपानीको सुबिधा, फोहोर थुपार्ने खाडल, भाडा सफा गरेर राख्ने चाङ निर्माण हुनुका साथै व्यक्तिगत रुपमा नियमित नङ काट्ने, नुहाउने, कपडा धुने, कपाल कोर्न, दाँत माझ्ने जस्ता मापदण्डहरुको बुधबार जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको टोलीले अनुगमन गरेको थियो ।DSC07214
अनुगमनका क्रममा अधिकांश सुचकहरु पुरा गरेको र केही सुचकहरु पुरा नगरेको पाइएको प्रमुख इन्जिनियर केसीले बताउनुभयो । अनुगमनका क्रममा सफा घर आगन,पशुपंक्षीको उचित व्यवस्थापन र वातावरणीय सरसफाईको पक्ष कमजोर भएकाले सुधार गर्न स्थानीयहरुलाई सुझाव दिइएको उहाँले बताउनुभयो ।

DSC07207
गाउँमा पुगेको टोलीले स्थानीयवासीहरुसँग खानेपानी र सरसफाईका वारेमा छलफल गरेको छ । टोलीमा जिविस अन्तर्गत रहेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना म्याग्दीकी वास इन्जिनियर मुना देवकोटा गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल,मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिवा पुन,वास पत्रकार संघका अध्यक्ष ठाकुरप्रसाद आचार्य लगायतका सहभागिता रहेको थियो ।

DSC07205 DSC07199

DSC07192

टोलीले झीँ गाउँका घरहरुमा पुगी सरसफाईको अवस्थाका वारेमा अनुगमन गरेको थियो । झीँलाई २०६८ असार १७ मा खुल्ला दिसामुक्त गाउँ घोषणा गरिएको हो । पूर्ण आनीबानी परिवर्तन सहितको सरसफाईमा नमुना गाउँका रुपमा घोषणा गर्ने प्रक्रियामा झी गाउँ रहेको छ ।

DSC07196

DSC07188