बेनी–दरवाङ सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ९ भदौ ।
सडक बिभागले म्याग्दीका ४ वटा ग्रामिण सडकको ट्याक निर्माण र स्तरवृद्धीका लागि विस्तृत सर्वेक्षण सुरु गरेको छ ।

गलेश्वर–पिप्ले–भगवती–बेग र पिप्ले–मौवाफाँट–दग्नाम १४१४ किलोमिटर सडकको सर्वेक्षण गरेको परामर्शदाता कम्पनी सिआईआरसी जिआईओसिओ एण्ड पार्थ ईन्जिनियरीङले दरवाङ–धारापानी–ताकम–जलजला सडक स्तरवृद्धी र बिम–मराङ–मल्कवाङ सडकको ट्याक निर्माणका लागि सर्वेक्षण सुरु गरेको छ ।

दरवाङ–जलजला बिस किलोमिटर र बिम–मराङ–मल्कवाङ १६ किलोमिटरको डिपीआर तयार गर्न सर्वेक्षण भैरहेको ईन्जिनियरीङका प्रतिनिधिले बताएका छन् । हाल ट्याक मात्र खोलीएको कच्चि अवस्थाको सडकलाई कालोपत्रे गर्ने योजना सहित सर्वेक्षण भएको हो ।beni-darbang-roodविभागले छनौट गरेका सडकहरुको डिपीआर तयार पार्न परामर्शदाता कम्पनीको प्राबिधिक टोली परिचालन भएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी ईञ्जिनियर उज्वल शर्माले बताउनुभयो ।

डिपीआर तयार भएपछि अर्थ मन्त्रालयको स्वीकृती लिएर बहुवर्षे ठेक्का आव्हान गरि काम गर्ने बाटो खुल्ने ईञ्जिनियर शर्माले बताउनुभयो । यी सडकहरुको डिपीआर तयार पार्नका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले भौतीक योजना तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयमा पहल गर्नुभएको थियो ।

यसैबीच बेनी–दरवाङ सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । बेनी देखि १५ किलोमिटर सडकको कालोपत्रेका लागि परेको ठेक्का प्रस्तावको मूल्याङकन गरि सम्झौताको तयारी भएको ईञ्जिनियर शर्माले बताउनुभयो ।

वि.स २०६३ मा ट्याक खुलेको २४ किलोमिटर दुरीको बेनी दरवाङ सडक हाल कच्चि अवस्थामा रहेको छ । हिउँदमा धुलाम्मे, बर्खामा हिमाम्मे, विभिन्न ठाउँमा खस्ने पहिरो र खोलामा आउने बाढीका कारण यात्रा प्रभावीत हुने गरेको छ । बेनी–दरवाङ सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले गत वर्ष ८० करोड रुपैयाको आर्थिक स्रोत सुनिश्चितता प्रदान गरेको थियो ।